Sunday, December 7सत्यम खबर
Shadow

कर्णाली प्रदेशको समृद्धि र बिकासमा रेडियो कार्यक्रमकाे उल्लेखनीय भूमिका निर्बाह

नेपालगन्ज, १८ कार्तिक – सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतबाट कर्णाली प्रदेश योजना आयोगका विभिन्न गतिविधिहरु प्रशारण गरिने भएको छ ।

 

प्रदेश योजना आयोगले कर्णाली प्रदेश अन्तर्गत विभिन्र योजनाहरु कसरी संचालन भइरहेको छ र त्यसका कार्यबिधिहरु के कस्तो रहेका छन् भन्ने विषयहरु कार्यक्रममा समेटिने छ।

आज सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल प्रादेशिक प्रशारण कार्यालय सुर्खेत र कर्णाली प्रदेश योजना आयोग बीच द्विपक्षीय सम्झौता भएको हो ।

 

उक्त अवसरमा आयोगका उपाध्यक्ष सुर्यनाथ योगीले रेडियो कार्यक्रम मार्फत कर्णाली प्रदेशभर योजना आयोगका गतिविधिहरु सहज रुपमा नागरिकमा पुर्‍याउन आग्रह गर्नुभयो ।

 

सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल प्रादेशिक प्रशारण कार्यालय सुर्खेतका प्रमुख बिजयकुमार बर्माले कर्णाली प्रदेशको समृद्धि र बिकासमा रेडियो कार्यक्रमले उल्लेखनीय भूमिका निर्बाह गर्ने बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *