Tuesday, October 14सत्यम खबर
Shadow

होटल सिद्धार्थ क्यासिनोको गाडीको ठक्करबाट दुई घाईते, प्रहरी अनजान

नेपालगन्ज, २२ असोज – सोमबार राती करीब ७ बजे ३० मिनेटमा नेपाल भारत सीमानाकामा दुई जना मोटरसाईकल रोकेर साथीसित गफ गरिरहेका थिए । उनीहरुलाई जानकारी थिएन के हुन्छ भनेर, त्यत्तिकैमा होटल सिद्धार्थमा रहेको क्यासिनोको गाडी आएर उनलाई ठक्कर दिन्छ । उनी दुर्घटना ग्रस्त भई सोही स्थानमा लडिरहेका हुन्छ । छेउछाउमा रहेको स्थानियहरु आउँछन् । भिड देखेर प्रहरी पनि पुग्छ केही बेर चर्काचर्की हुन्छ र प्रहरीले क्यासिनोको गाडी प्रहरी चौकीतर्फ लैजान्छ भने दुर्घटना ग्रस्त पीडितलाई नेपालगन्जमा रहेको भेरी अस्पतालमा उपचारको लागि पु¥याईन्छ ।

यो घटना हुन्छ भिड धेरै हुन्छ तर प्रमाण कही देखिदैन । त्यसको अर्को दिन पनि कुनै कही खबर आउँदैन । तर एकजना नाम नबताउने सर्तमा मंगलबार राती फोन गरेर जानकारी दिन्छन् तथा प्रश्न गर्छन पटक पटक क्यासिनोको गाडीबाट दुर्घटना हुँदा किन प्रहरीले कार्यवाही गर्दैन् ? त्यति मात्र नभई आम सर्वसाधारणको सानो सामान पनि चेकजाँच गरी भिœयाउने अवस्था रहेको हुँदा क्यासिनोको गाडी बिना रोकटोक चौलिक्का स्थित सशस्त्र प्रहरी चेकजाँचबाट सरर गुडेको हुन्छ किन ? तर त्यसको जवाफ हामीसित हुँदैन ।

यसबारे वास्तविकता के छ भनी बुझ्न सीमानाकामा रहको ईलाका प्रहरी कार्यालयका प्रमुखलाई फोन गरिन्छ । तर उताबाट जवाफ हमलाई यसबारे केही जानकारी छैन भनिन्छ । केही बेरपछि फेरी उनलाई उक्त घटनाबाट व्हटसअफ गरी जानकारी गराएपछि उताबाट सर पीडितलाई हामी कहाँ सम्पर्क गर्न पठाउँनु जस्तो जवाफ आउँछ ।

यसपछि सो घटनाबारे सम्बन्धित सिद्धार्थ होटलमा फोन गरिन्छ । तर सिद्धार्थ होटलबाट क्यासिनो तिर फोन गर्न एउटा नम्बर उपलब्ध गराईन्छ । सो नम्बरमा २ पटक फोन गर्दा नउठेपछि केही समयपछि फोन आउँछ । मिठो स्वरमा एक जना महिलाको स्वारमा कुरा हुन्छ । उहाँले पनि यस घटनाबारे आफूलाई केही जानकारी नभएको बताउँछिन । तर कुराकानी गर्न क्रममा क्यासिनोका सुरक्षाकर्मी आउँछन् र हो सर यहाँका ड्राईभर तुलबहादुर सुनारले हिजो गाडी दुर्घटना गरेको स्वीकार गर्छन र पीडितको उपचार भईरहेको बताउँछन् । थप जानकारीको लागि सम्बन्धित व्यक्तिसित बुझेर फोन गर्छु भन्दै फोन कटिन्छ ।

उक्त दुर्घटनामा नेपालगन्ज उपमहानगरपालिका, जयसपुर बस्ने वर्ष १७ साहिल अन्सारी, सोही ठाउँ बस्ने वर्ष १८ का साहिल अन्सारी तथा वर्ष २० का जिशान अन्सारी घाईते भएका रहेछन् । उनको उपचारपछि घरमा स्वास्थ्य लाभ लिईरहेका छन् ।

यो घटनाको एउटा उदाहरण मात्र हो, यसखाले घटना घटेपनि प्रहरी, सशस्त्र प्रहरीको मिलेमातोमा आर्थिक लाभ लिई क्यासिनोको गाडीलाई छोड्ने गरिएको स्रोतको दाबी रहेको छ । स्रोतका अनुसार दैनिक, मासिक गरी लाखौं रुपैया प्रहरी, सशस्त्र प्रहरीलाई क्यासिनोहरुले उपलब्ध गराउने गरेका छन् । जसले गर्दा उनलाई बिना रोकटोक आवतजावत दिने गरिएको छ । उनका अनुसार हालसम्म पीडितले उपचार खर्च समेत पाएका छैनन् न त दोषीलाई कुनै कानुनी कार्यवाही गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *