Sunday, September 28सत्यम खबर
Shadow

बागेश्वरी तालको मुहार कहिले फेरिने छ ? नवरात्रीमा के हुन्छ ?

नैतिक त्रिपाठी
नेपालगन्ज (भदौ) – धार्मिक पर्यटकीय दृष्टिकोणले बागेश्वरी मन्दिर तथा त्यस आसपास रहेका सम्पूर्ण धार्मिक धरोहरलाई संरक्षण सम्वद्र्धन गर्नु बागेश्वरी मन्दिर व्यवस्थापन समितिको मात्र दायित्व नभई सम्पूर्ण उपमहानगरबासीहरुको रहेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले करोडौ लगानी लगाएर बागेश्वरी मन्दिर प्रा·णमा अवस्थित खडेश्वर महादेवको मुर्ति मात्र नभई पुरै मन्दिर नै पुनर्निर्माण गरेको केही दिन अगाडी श्रावण महिनामा भब्यता साथ पुजापाठ गरी आम सर्वसाधारण भक्तजनहरुको लागि खुला गरिएको छ ।

तर यहाँ विगत वर्षदेखि उठ्दै आईरहेको सोही मन्दिर तल रहेको ताल विषयमा नेपालगन्ज उपमहानगरपालिका किन मौन रहेको छ ? आम जनमानसहरुको बीच शंका उब्जेको विषयलाई समाधान गर्न तर्फ सम्बन्धित बागेश्वरी मन्दिर व्यवस्थापन समिति, नेपालगन्ज उपमहानगरपालिका तथा आम उपमहानगरबासीहरुको ध्यान केन्द्रित हुन सकेको छैन ? यो प्रश्न वर्तमान अवस्थामा उब्जेको हुँदा त्यसको समाधान तर्फ सम्बन्धित पक्षको ध्यान जाओस भन्ने उद्देश्यले यहाँ प्रश्न गरिएको छ ।

भगवान शिवको पुजा आराधना गर्दा वा नवरात्रमा घटस्थापना गर्दा वा तिर्थस्थल पुगेर बागेश्वरी मन्दिर प्रा·णमा रहेको तालमा नुहाउने क्रममा किन नहोस त्यसको जलमा स्नान गरेर आफूलाई शुद्ध मानिएको विगतले देखाईरहेको छ । तर केही वर्ष अगाडी मात्र सार्वजनिक भएको तथ्य अनुसार त्यस ताल छेउछाउ रहेका घरहरुबाट सिधै तालमा फोहोरजन्य पदार्थ फाल्ने दृश्य समेत देखाईएको थियो । तर करोडौ लगानी गरेर बनाईएको मन्दिर बनाउँदा समेत सम्बन्धित पक्षको ध्यान उक्त ताललाई पुनर्निर्माण गर्ने तर्फ किन केन्द्रित हुन सकेन ।

उपमहानगर भित्र रहेका सञ्चारकर्मीहरुले जतिपटक बागेश्वरी मन्दिर बारे समाचार सार्वजनिक गर्ने गरेका छन् । त्यति पटक आम सर्वसाधारणहरुले त्यस तालको विषयमा टिका टिप्पणी गर्ने गरेका छन्, त्यसतर्फ किन मौन रहेका छन् सम्बन्धित पक्ष । हामी सनातनीहरुले नै सकारात्मक ऊर्जाका साथ थालनी गर्ने हो । त्यसमा के कति बजेटको खर्च हुने हो त्यसबारे विस्तृत अध्ययन गरी यथासिर्घ कार्य थालनी गर्नु आजको आवश्यकताका साथै धार्मिक आस्थावानहरुको आस्थालाई बल समेत पु¥याउने बेला आएको छ ।
प्रत्येक हप्ता सोमबारका दिन बागेश्वरी मन्दिर प्रा·णमा महाआरती हुने गरेको बेला समेत तालको विषयमा टिका टिप्पणी हुने गरेको पाईन्छ । महाआरतीमा हजारौं श्रद्धालु भक्तहरुको आवाजलाई ध्यानमा राखी यथासिर्घ ताल संरक्षण, सरसफाई तथा फोहोरजन्य पदार्थ ताल भित्र आओस भन्नेतर्फ सम्बन्धित पक्षको ध्यान जानु आवश्यक देखिन्छ ।

हुन पनि केही समय अगाडी मात्र बागेश्वरी व्यवस्थापन समितिमा नवनिर्वाचित अध्यक्ष गोपाल अधिकारीद्वारा गरिएको प्रेस मिटमा समेत तालको विषयलाई अब छिट्टै समाधानतर्फ लाग्ने बताईएको थियो । तर उक्त प्रेस मिट सम्पन्न गरिएको महिनौं बितिसक्दा त्यसतर्फ सम्बन्धित पक्षको ध्यान किन केन्द्रित हुन सकेको छैन यो प्रश्न आम जनसमुदायको रहेको छ ।

‘माता दुर्गा भवानीको पुजा गर्न नवरात्रीको पर्व तथा विजयादशमी आउन केही समय मात्र बाँकी रहेको बेला यसको सुरुवात गरी भक्त माझ सकारात्मक सन्देश प्रवाह गर्नु अति आवश्यक देखिन्छ । ताललाई यथासिर्घ फोहोरजन्य पदार्थबाट मुक्त गराउनु आज सम्बन्धित सबैको कर्तव्य हो भनी अग्रसरता देखाउनु उचित हुनेछ’– रमेश गुप्ताको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *