Sunday, September 28सत्यम खबर
Shadow

लोकतान्त्रिक खेलकुद संघ लुम्बिनीको अध्यक्षमा नरेन्द्र सर्वसम्मत

नेपालगन्ज १८ भदौ – नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशको अध्यक्षमा बाँकेका नरेन्द्र थापा सर्वसम्मत निर्वाचित भएकाछन् ।

मंगलबार बाँकेको नेपालगन्जमा सम्पन्न पहिलो प्रदेश अधिवेशनले बाँकेका नरेन्द्र थापाको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत अधिवक्ता बलबहादुर चन्दका अनुसार नरेन्द्रको अध्यक्षतामा उपाध्यक्षमा सन्तोष ओली, महिला उपाध्यक्षमा मोतिकला गुरुङ निर्विरोध निर्वाचित भएका छन् । संघको सचिवमा मनमोहन लम्साल, सहसचिवमा खुशीराम चौधरी, दिनेश सहानी, खिमबहादुर सोमै थापा र पुजा शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा मनोज भण्डारी निर्विरोध निर्वाचित भएकाछन् । सदस्यहरुमा इश्वरी भण्डारी, मिना खनाल, पूर्णप्रसाद डाँगी, मणीराम बटाला, लक्ष्मण घर्ती, चक्र चिमिला क्षेत्री, सीमा तामांग, विष्णुमाया कुमाल, सरस्वती जिसी, मंगल प्रसाद बर्मा, नमराज रानामगर, अन्जना बुढामगर, खुमबहादुर घर्तीमगर, चेतना बुढामगर, घनश्याम थापा, सागर सोमै, सत्यमुनी शाक्य, नारायण जिसी र अनिल घर्तीमगर निर्वाचित भएकाछन् ।

पदाधिकारीमा ९ र सदस्यमा १९ जना निर्वाचित संघको ३७ सदस्यीय कार्यसमितिमा ९ जनालाई पछि मनोनित गरिनेछ । निर्वाचित अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समतिका मुख्य निर्वाचन अधिकृत चन्द र सहयाक निर्वाचन अधिकृत हिराबहादुर श्रेष्ठले प्रमाणपत्र प्रदान गर्नुका साथै पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

सोक्रममा अध्यक्ष नरेन्द्रले नवनिर्वाचित समितिले लुम्बिनी प्रदेशमा खेलकुदको सशक्त संस्थागत विकास, खेलाडीहरुको हित र संरचनागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

अधिवेशनको प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य, नेपाल लोकतान्त्रिक खेलकुद संघका निर्वाचन निर्देशन समितिका संयोजक समेत रहेका प्रतिनिधी सभा सदस्य एवम् पूर्वमन्त्री मोहन बहादुर बस्नेतले वीपी कोईराला र शुशिल कोईरालाको तस्विरमा माल्यार्पण गरि यस कार्यक्रमको उद्घाटन गरेका थिए ।

अधिवेशनमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं कर्णाली प्रदेश सरकारका आर्थिक मामिला मन्त्री राजिव बिक्रम शाह, नेपाली काँग्रेसका केन्द्रिय सदस्य, खेलकुद विभाग प्रमुख एवं निर्वाचन निर्देशन समिति सदस्य उमेशजंग रायमाझी, काँग्रेसका केन्द्रिय सदस्य एवं निर्वाचन निर्देशन समिति सदस्य गणेश लामा, लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र शेरचन, काँगे्रस बाँकेका सभापति नारायण प्रसाद गौडेल तथा प्रथम ओलम्पियन सुरेन्द्रबहादुर हमालले आफ्नो धारणा राखेका थिए ।
सोक्रममा भारोत्तोलनतर्फका ओलम्पियन सुरेन्द्रबहादुर हमाल र सुटिंगतर्फका ओलम्पियन पार्वती थापालाई संघले सम्मान गरेको थियो । प्रमुख अतिथी लगायतले ओलम्पियनद्वयलाई खादा ओढ्याएर सम्मान प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *