
नरैनापुर, ७ भदौ – नरैनापुर गाउँपालिका वडा नं. २ का स्थानीयहरु अन्धकारमय अवस्थामा बस्न बाध्य रहेको बताईएको छ ।
नरैनापुर वडा नं. २ बेउचाहवाका स्थानियहरुका अनुसार करीब ४–५ महिनादेखि विद्युत समस्या रहेको तथा यसबारे वडा अध्यक्ष महसुद अहमद शाहलाई पटक पटक जानकारी गराउँदा र विरोधपछि उनले केही समय भित्र ट्रान्सफर्मर जडान गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । तर ५ महिना बितिसक्दा समेत उक्त ट्रान्सफर्मर हालसम्म जडान नभएपछि स्थानियबासीहरुको आक्रोश बाहिर आएको बताएका छन् ।
बेउचाहनाका स्थानिय हारुन खाँका अनुसार यस गाउँमा वडाध्यक्ष शाहको विरोध पार्टीका नेता तथा स्थानियहरु रहेको तथा उनलाई बोट नदिएको हुँदा यहाँ विद्युत, मल, पानी, बाटो लगायतको समस्या हुँदा समेत वडाअध्यक्ष शाहको ध्यान नजाने गरेको आरोप लगाएका छन् ।
उनका अनुसार त्यहाँको बाटोमा पानीको निकास नहुँदा समेत विद्यार्थी तथा अभिभावकहरुलाई आवत–जावत गर्दा समस्या हुनुका साथै कहिले काँही हिलो मै लोट्ने गरेको बताईउँछन् ।