Tuesday, September 30सत्यम खबर
Shadow

अनेमसंघले तिज मनायो

नेपालगन्ज, १ भाद्र – अखिल नेपाल महिला संघ बाँकेले आयोजना गरेको हरितालिका तिज मिलन कार्यक्रममा महिलाहरु तिजको गितमा छमछमी नाचेका थिए ।

अखिल नेपाल महिला संघ बाँकेका केन्द्रिय सदस्य एवं बाँके इन्चार्ज अछरी पोखरेलले पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा महिलाहरु चेतनामुलक सन्देश दिने गितमा छमछमी नाचेका हुन । प्रमुख अथितिको आसनबाट बोल्दै पोखेलले तिजको गितको भाकामा चेतनामुलक सन्देश दिने गित यसरी सुनाइन : आमा भनि बोलाउँदा होइ भन्यो ढोकाले, भाउजु रहिछन घरबारे मरे भोकले भन्दै माइती आमा हुँदा र भाउजु बुहारी हुँदा हुने फरक चेलीले भोगेको भोगाइ गीतको भाकामा सुनाइन ।

यसैगरी पढ्न नपाएका महिलाको पीडालाइ गिताको भाकामा : १२कक्षासम्म पढाइ दिनुस् बाबाले दाइजो मागने छैन बरीलै । यसैगरी माइत जान नपाएका चेलीले गरेको विलौना बर्ष दिनको तिजलाइ बाबा आए लिनलाइ पठाइदिनुस बजैले दुवइदिनलाई जस्ता गीत गाउँदा सहभागी महिलाहरु छमछमी नाचेका थिए ।

प्रमुख अथिति समेत रहेकी अनेमसंघकी केन्द्रिय सदस्य एव. बाँके इन्चार्ज पोखरेलले हरितालिका तिज मनाउनुको कारण, उदेश्य र यसको औचित्यका बारेमा बताएकी थिइन ।

 

यसैगरी महिलाहरुले भोगेका पीडालाई गीतको भाकामा गाउने पर्व हो तिज, महिलाका हक अधिकारकाबारेमा चेतनामुलक सन्देश दिने पर्व हो तिज भन्दै आजभोली विगतमा जस्ता महिलाले भागेका सुख्ख दुख्खलाइ गितको भाकामा गाउने परम्परा हराएर डेग लगाएर नाच्ने चलन आएपछि महिलाले आफैले सृजना गरेका गीतहरु ओझेलमा परेको पनि पोखरेलले बताइन ।

यसैगरी नेकपा एमाले केन्द्रिय सदस्य बाँके इन्चार्ज शान्तिा ढकालले तीज महिलाको महान चाड भएका कारण यो पर्वलाइ सबैले खुशीका साथ मनाउन आग्रह गर्दै सबै दिदी बहिनीहरुलाइ तिजको शुभकामना दिइन ।

नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य विजया धितालले महिलाका हक अधिकारका सवाललाइ तिजको भाखाका गएर चेतनामुलक सन्देश दिनु पर्ने बताइन । यसैगरी नेकपा एमाले बाँके जिल्ला पाटी सचिव बलराम भट्राइले नेकपा एमाले सर्वहारा वर्गको पाटी भएका कारण सर्वहारा वर्गको पीडा र समस्या उजागर गर्ने खालका गित गाएर समाजमा चेतना जगाउन जरुरी रहेको भन्दै अनेमसंघले तिज कार्यक्रमको आयोजना गरेकोमा धन्यबाद दिए ।

अखिल नेपाल महिला संघ बाँकेका अध्यक्ष मिना सुवेदी ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले बाँके अध्यक्ष निरक गुरुड, मा.बसन्ती अधिकारी, अनेमसंघ केन्द्रिय सदस्य सरस्वती मल्ल, नेकपा एमाले परदेश सदस्य किस्मत कक्षपति, नन्द विश्वकर्मा, अशोक कर्मचार्य, भगवति वराल, कृष्ण पाठक, हिरा खराल, अनेमसंघ परदेश सदस्य द्धय तलतप्रविण खान, कृष्ण चालिसे लगायतको उपस्थिति रहेको थियो ।

 

अनेमसंघ सचिव अनिता थापाद्धारा सञ्चालन गरीएको कार्यक्रममा महिलाहरु छमछमी तिजको गीतमा नाचेका थिए । यसरी बर्षेनी अनेमसंघले तिजको दर खाने र नाच्ने कार्यक्रम राखेर बोलाउँदा तिजमा माइतजान नपाएका महिला दिदी वहिनीहरुलाई माइतिको झल्को मेटाउने भन्दै सहभागीहरुले खुशी व्यक्त गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *