
नेपालगन्ज, ३१ श्रावण – नेपालगन्जमा रहेको विभिन्न धार्मिक मठमन्दिरहरुमा भगवान श्रीकृष्ण जन्मोत्सवको भब्य आयोजना गरी मनाउने भएको छ ।
श्री राधाकृष्ण मन्दिर, फुल्टेक्रा रोड, नेपालगन्ज–५ मा श्रीकृष्ण जन्मोत्सवको भव्य आयोजना हुने बताईएको छ । श्री राधाकृष्ण मन्दिर समिति, साहू समाज समिति र साहू समाज युवा समितिको संयुक्त आयोजनामा हुने यो कार्यक्रम दुई चरणमा सम्पन्न हुने आयोजकद्वारा जनाईएको छ ।
आयोजकद्वारा दिईएको जानकारी अनुसार धार्मिक कार्यक्रममा भजन किर्तन र श्रीकृष्ण जन्मोत्सव आज शनिबार साँझ ७ बजेदेखि अबेर रात्री प्रभु इच्छासम्म सञ्चालन गरिने बताईएको छ भने बृहत भण्डारा एवम् छट्ठीः भाद्र ४ गते बुधबार साँझ ६ बजेदेखि आयोजना गरिने बताउनुभयो ।
श्री राधाकृष्ण मन्दिर व्यवस्थापन समिति तथा साहु समाज बाँकेका अध्यक्ष हंशराम साहुका अनुसार ‘यो पवित्र उत्सवमा भक्तजनहरूले भजन, किर्तन र भगवान श्रीकृष्णको भक्तिमय वातावरणमा सहभागी हुने अवसर प्राप्त गर्ने बताए । आज आयोजित कार्यक्रममा सहभागी हुन सम्पूर्ण भक्तजनलाई हार्दिक निमन्त्रणा समेत अध्यक्ष साहुले गरेका छन् ।
उक्त कार्यक्रमको आयोजना श्री राधाकृष्ण मन्दिर समिति तथा साहू समाज समिति एवम् साहू समाज युवा समिति फुल्टेक्रा रोड, नेपालगन्ज–५ रहेको धर्मशालामा गरिने बताईएको छ ।
त्यसैगरी, नेपालगन्जको त्रिभुवन चोकस्थित श्रीकृष्ण जन्मोत्सव समितिको आयोजनामा आगामी सांस्कृतिक कार्यक्रमहरूको तयारीका लागि कार्यवाहक अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । उक्त बैठकमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना र व्यवस्थापनका लागि महत्वपूर्ण छलफल तथा निर्णयहरू गरिएको छ ।
छलफल बैठकमा समितिका उपाध्यक्ष जितेन्द्रकुमार सिंह, महिला उपाध्यक्ष रमारानी बैश्य, सचिव डा. राजेन्द्रकुमार गुप्ता, प्रचारप्रसार समिति संयोजक शैलेन्द्रकुमार बैश्य, कोषाध्यक्ष नन्दकिशोर बैश्य, सदस्यहरू वृजेशबहादुर सिंह, हंसराम साहू, रामकुमार बैश्य, विमला बैश्य, संगीता बैश्य, सल्लाहकार समितिका कृष्णकुमार बैश्य, सुरेशकुमार गोयल, हंसराज लखेर, ध्रुवकुमार बैश्य, पदेन सदस्यहरू कसौंधन बैश्य समाज नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका वडा समितिको कार्यालय अध्यक्ष, चेतना फोटो ग्राफी नेपालगन्जका सुरजलाल बैश्य र विशेष आमन्त्रित अतिथिमा पत्रकार नन्दलाल साहूको उपस्थिति रहेको थियो ।
बैठकमा प्रमुख निर्णयहरूमा बालबालिकालाई समावेश गरी भब्यता प्रदान गरिने, पारदर्शिता र सक्रिय सहभागिता गराउने, सांस्कृतिक संयोजक नियुक्ति गरिने, सहयोग र समन्वयमा जोड दिने निर्णय पारित गरिएको छ ।
बैठकले नेपालगन्जमा सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्दै सामुदायिक एकताको सन्देश प्रवाह गरेको छ । कार्यक्रमको थप विवरण चाँडै सार्वजनिक गरिने समितिले जनाईएको छ ।
यसैगरी, नेपाल आर्य समाज, शाखा नेपालगन्जको आयोजनामा ५२५२ औँ श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज शनिवार विभिन्न धार्मिक कार्यक्रमहरू भव्यताका साथ सम्पन्न गरेको छ ।
यो पवित्र पर्वलाई उत्साह र श्रद्धापूर्वक मनाउन नेपाल आर्य समाजले सम्पूर्ण आर्यजन तथा भक्तजनलाई परिवारसहित उपस्थित हुन हार्दिक निमन्त्रणा गरिएको छ ।
कार्यक्रममा योगेश्वर श्रीकृष्णको जन्मोत्सवलाई विशेष रूपमा स्मरण गरिनेछ । भक्तजनहरूले यज्ञमा सहभागिता जनाई भजन र प्रवचनको माध्यमबाट वैदिक ज्ञान र भगवान श्रीकृष्णको उपदेशहरू ग्रहण गर्ने अवसर प्राप्त गर्ने बताईएको छ ।
नेपाल आर्य समाज, शाखा नेपालगन्जले सम्पूर्ण भक्तजनलाई यो पवित्र अवसरमा सहभागी भई वैदिक संस्कृतिको संरक्षण र प्रचारमा योगदान पु¥याउन आह्वान गरेको छ । समाजले यस्ता कार्यक्रमहरू मार्फत वैदिक जागरण अभियानलाई निरन्तरता दिँदै आएको छ, जसले सत्य, धर्म र नैतिकताको सन्देश फैलाउने उद्देश्य राखेको आयोजकले भने, बिहानको कार्यक्रम ः शिव मन्दिर धर्मशाला, बिहान ९ः०० देखि ११ः०० बजेसम्म रहेको छ भने साँझको कार्यक्रम बागेश्वरी मन्दिर पार्कमा ५ः३० बजेदेखि राति १२ः०० बजे आयोजना गरिने नेपाल आर्य समाज, शाखा नेपालगन्जले जनाएको छ ।