
नेपालगन्ज, ३० श्रावण – नेपालगन्जमा रहेको एसओएसले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा कार्यशाला गोष्ठी गरेको छ ।
सन् १९९८ मा संयुक्त राष्ट्र संघबाट १२ अगस्ता बिशवभरी अन्तर्राष्ट्रिय युवा दिवस मनाउने घोषणा भएपछि १२ अगस्त बिश्व दिवस मनाउने गरिन्छ ।
सन् २०२५ को युवा दिवस एस.ओ.एस. बालग्राम अन्तर्गतको एस.ओ.एस.युवालय नेपालगन्जले अल्टरनेटिभ युथ क्लब नेपालगन्जको सहकार्यमा एक दिवसीय कार्यशाला गरी सम्पन्न गरेको छ ।
उक्त कार्यशालामा अल्टरनेटिभ युथ क्लबका अध्यक्ष अगायत ६ जनाले युवाको नेतृत्व बिकास विभिन्न बिषयहरुमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा “सकारात्मक धारणा : बर्तमान युवाको आवश्यकता” बिषयमा एसओएस युवालय नेपालगन्जका सहायक निर्देशक लक्ष्मणबहादुर कार्कीले प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता संयुक्त रुपमा एसओएस युवालय नेपालगन्जका निर्देशक तुलाराम बिश्वास र अल्टरनेटिभ युवा क्लबका अध्यक्ष रोशन घर्तीले गरेका थिए ।
कार्यक्रम सञ्चालन अल्टरनेटिभ युवा क्लबकी सदस्य सबिना नेपालीले गरेकी थिइन । दिनभरि चलेको उक्त कार्यशालामा निशा आचार्य, भावना रोकाय, तुलसी सार्की, लक्ष्मीता बिक लगायतले कार्यक्रमको बीच बीचमा नृत्य प्रस्तुत गरेका थिए ।
युवालहरुले कार्यशालाको बीच बीचमा रमाइला–रमाइला खेलहरु पनि खेल्दै मनाइएका थिए । कार्यक्रम समापन गर्दै एसओएस युवालय नेपालगन्जका निर्देशक तुलाराम बिश्वासले युवाहरु आफै आ–आप्mनो दक्षता भएको बिषयमा र नेतृत्व बिकासमा युवाहरुको सहभागिता भन्ने बिषयमा गरेका प्रस्तुतीकरणको प्रशंसा गर्नु भएको थियो । उहाँले यस किसिमका प्रस्तुतीहरु बनाउनदेखि लिएर प्रस्तुती गर्नसम्म जुन मेहनत गरेको छ, त्यसले आफूले आफैलाई निखार ल्याउने बताउनु भएको थियो ।
कार्यक्रम दिउँसोदेखि साँझासम्म सुर्खेतरोड स्थित सिद्धार्थ कटेज नेपालगन्जमा सम्पन्न भएको थियो भने कार्यशालामा प्रस्तुती गर्ने ६ जना अल्टरनेटिभ युवा क्लब नेपालगन्जका युवाहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गर्नुभएको थियो । उक्त कार्यक्रममा एसओएस युवालय नेपालगन्जकी नायब निर्देशक मीना तुलाधर सहित २६ जना युवाहरुको सहभागिता रहेको थियो ।