Sunday, April 26सत्यम खबर
Shadow

डुडुवामा किटनाशकयुक्त झुल वितरण

बाँके,१०चैत्र ।बाँकेको डुडुवा गाउँपालिका वार्ड नंं २ बेतहनीका स्थानीयलाई किटनाशकयुक्त झुल वितरण गरिएको छ । वडा नंं. २ बेतहनी अन्र्तगतका विभिन्न गाउँका गरि करिब ६ हजार १० जना परिवारलाई झुल वितरण गरिएको हो ।
बेतहनी स्वास्थ्य चौकीमा शनिवार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीयलाई झुल प्रदान गरि शुभारम्भ गर्दै डुडुवा क्षेत्रका नागरिकमा अशिक्षा, सचेतनाको अभावले स्वास्थ्य समस्या भएको बताए ।
उनले यो क्षेत्र औलोको उच्च जोखिम भएकाले यो झुलले रोग लाग्नबाट बचाउनमा सहयोग पुरयाउने भन्दै गाउँपालिकाले समेत स्वास्थ्य सेवा अभियान संचालन गरिरहेको बताए ।

नेपाल सरकार, सेभ द चिल्ड्रेन र लाइफलाईन नेपालको सयुक्त सहयोगमा २ नं. वडा कार्यालयको संयोजनमा उक्त झुल वितरण गरिएको वडाध्यक्ष गजेन्द्र कैराँतीले बताए । वितरण कार्यक्रममा वडाध्यक्ष गजेन्द्र कैराँती, कार्यपालिका सदस्य लिलावती यादव, वडासदस्य रेखादेवी खटिक लगायतको उपस्थिती रहेको थियो ।
बाँके जिल्लाको डुडुवा ३ र बैजनाथ गाउँपालिकाको वार्ड नं. १, २ र ३ औलोको उच्च जोखिममा रहेकाले सो बाट बच्नका लागि किटनाशकयुक्त झुल वितरण गरिएको लाइफ लाईनका फिल्ड अफिसर रवि पाठकले बताए । ५ वर्षभन्दा माथीको उमेरका दुई जना बराबर एक वटाका दरले झुल वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *