नेपालगन्ज १४ मंसिर – नेपाली कांग्रेसको भातृ संगठन किसान महासंघले आज एक कार्यक्रम बिच नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १ मा महासंघले आफ्नो संगठन बिस्तार गरेको छ ।
पुर्व प्रदेश सभासदस्य तथा नेपाल किसान महासंघ जिल्ला उपाध्यक्ष मो.याकुब अन्सारीको प्रमुख अतिथित्यतामा भएको उक्त कार्यक्रम वडा नम्बर १ सभापति महिला नेतृ सिता काफ्लेको सभापतित्व सम्पन्न भएको थियो ।
नेपाल किसान महासंघको कार्यसमिति गठन घोषणा कार्यक्रममा उपस्थित नेपाली कांग्रेस जिल्लाका प्रभावशाली बक्ता नेताहरुमा नेपाली कांग्रेस पुर्व जिल्ला उपाध्यक्ष एवं महाधिवेशन प्रतिनिधि सुनिल नरसिंह राणा, नेका जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, पुर्व तरुण दलका सभापति एवं महाधिवेशन प्रतिनिधि सुदिप नरसिंह राणा, नेका नेपालगन्ज उप-महानगर कार्यवाहक सभापति धनराज बर्मा लगायतले किसान कृषि लगायतका सवालमा कृषि क्षेत्रलाई आधुनिकरण- “खेत जोत्ने देखि बाली भित्राउने सम्मका आधुनिक यन्त्र माथि सरकारले सकारात्मक सोच र छिमेक भारतबाट सिक्न सकिन्छ कि आशय” -मल बिऊबिजन सिचाई कसरी उपलब्धता गराउन सकिन्छ र सम्बन्धित सरकार निकायमा समग्र बिषय बस्तुमा सुझाव राख्दै आएको पनि जिकिर गरे ।
किसान बलियो भयो भने मात्र हामी सबै बलियो हुने
देशको जल्दोबल्दो आर्थिक अवस्थामा पनि सुधारको फडको मार्न सकिने र कसरी किसान र कृषि क्षेत्रबाट आत्मनिर्भर बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ नेपाली कांग्रेसले देश ब्यापीरुपमै नेपाल किसान महासंघको सांगठनिक माध्यमबाट किसान संग भिज्न र तिनका हक हितका सवालमा कृषि र किसान संग जोडिएका समग्र क्षेत्र र व्यवसाय आत्मनिर्भर सुधारमुखी बनाउन कुनै किन्तु परन्तु नलागि नेपाली कांग्रेस पार्टीका नेता कार्यकर्ताले महासंघको छातामा आएर किसानको सहयोगी भुमिकामा आउन आशयका साथ बक्ता नेताहरुले आह्वान गरेका छन ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि मुकुन्द केसी, महाधिवेशन प्रतिनिधि जगत नारायण कुर्मी, पुर्व उप-मेयर उमा थापा मगर, तरुण दलका जिल्ला सचिव बिनोद रिजाल पुर्व जि.सदस्य पुरन सिंह ठकुरी, नेप्रेयु. का केन्द्रीय पार्षद कुन्तलराज शर्मा, किसान महासंघका गठन प्रकृया टिमका सहजिकरण सदस्यहरु- युवराज शाह, लोकबहादुर शाह’ अरुण बिक्रम शाह, अरसद शेष, लगायत पार्टी नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम बाटै वडा नम्बर १ का रामचन्द्र गोडियाको अध्यक्षतामा १३ सदस्यीय नेपाल किसान महासंघको नेता कार्यकर्ताको सकृयतामा चयन प्रकृया बिधिवत सम्पन्न भएको छ भने कार्यक्रम सञ्चालन वडा सचिव बिष्णु बोगटीले गरेका थिए ।