Wednesday, December 11सत्यम खबर
Shadow

कर्णाली डेभेलपमेण्ट बैंक लिमिटेड वित्तीय परिसूचक सुधारात्मक

नेपालगन्ज, १३ मंसिर – प्रधान कार्यालय नेपालगन्जमा रहेको कर्णाली डेभेलपमेण्ट बैंक लिमिटेडको अवस्था विगतभन्दा धेरै सुधारात्मक तर्फ उन्मुख रहेको पाईन्छ ।

वर्तमान अवस्थामा कर्णाली डेभेलपमेण्ट बैंक लिमिटेडले आफ्नो वित्तीय सूचकांकहरुमा उल्लेखनीय प्रगति गर्दै नयाँ सफलताहरु हासिल गर्दै आईरहेको छ भने त्यसो सुधार हुनुमा बैंकका कर्मचारीहरुको अथक मेहनतका साथै निक्षेपकर्ताहरु, शेयरधनी, ग्राहकवर्ग, लगानीकर्ताहरु एवम् शुभचिन्तकहरुको निरन्तर विश्वास र सहयोगको परिणाम हो भनी बैंकका सेवाग्राहीहरु कै भनाई रहेको पाईन्छ ।

नेपाल राष्ट्र बैंकको स्थलगत निरिक्षण प्रतिवेदनमा उल्लेख गरिएको न्यूनतम प्राथमिक पुँजीकोष अनुपात क्रमशः ५२.५९ प्रतिशत ऋणात्मक देखि २५.८७ प्रतिशत ऋणात्मकमा झारेको छ । जस अनुसार प्राथमिक पुँजीकोष अनुपातमा ५०.७१ प्रतिशत हासिल समेत गरिसकेको सार्वजनिक प्रेस नोटबाटै सहज रुपमा बुझ्न सकिन्छ ।

त्यसैगरी, आर्थिक बर्ष २०७९/०८० देखि २०८०/०८१ मा बैंकले निष्कृय कर्जा क्रमशः ५९.३९ प्रतिशतबाट ४०.८५ प्रतिशतमा घटाएको तथ्यांकले देखाई रहेको छ । जुन ३१.२२ प्रतिशतले हासिल गरेको पाईन्छ । २०८१ को असोज मसान्त सम्ममा बैंकले निष्कृय कर्जालाई २९.४९ प्रतिशत समेत कायम राख्न सफल तथ्यांकले देखाईरहेको छ ।

कर्जा निक्षेप अनुपात (सिडि रेसियो) आर्थिक बर्ष २०७९/०८० मा ६६.१३ प्रतिशत रहेकोमा २०८०/०८१ मा घटाएर ५५.०२ प्रतिशत पु¥याउन सफल भएको देखिन्छ ।

तरल सम्पत्ति÷कुल निक्षेप अनुपात आर्थिक बर्ष २०७९/०८० मा ३३.०१ प्रतिशतबाट बढेर आर्थिक बर्ष २०८०/०८१ मा ३९.१० प्रतिशतले बृद्धि गरी हाल कायम रहेको छ । जसले तरलता ब्यवस्थापनमा कर्णाली डेभेलपमेण्ट बैक लि. को सक्रियताका साथै निक्षेपकर्ताहरुका रकमहरुको सुरक्षामा उच्च प्राथमिकता रहेको कुरा दर्साउँछ ।

क्रमशः बैंकको वित्तीय परिसूचकहरु विगतका दिनभन्दा सुधारात्मक रहेको हुँदा अगामी दिनमा विशेष योजना सहित अझ उत्कृष्ट प्रतिफल दिने र नवप्रवर्तन गर्दै अगाडी बढने संकल्प लिएका कर्णाली डेभेलपमेण्ट बैंक लि. को नयाँ ब्यवस्थापन टोलीले नेपाल राष्ट्र बैंक समक्ष कार्ययोजना सहितको लिखित प्रतिवद्धता समेत दिनेछ भनी बैंक स्रोतको दाबी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *