
नेपालगन्ज, ७ कार्तिक – अवधी भाषी पत्रकारहरुको छाता संगठन अवधी पत्रकार संघ नेपालले संस्थापक सल्लाहकार प्रेस स्वतन्त्रता सेनानी स्वर्गिय पन्नालाल गुप्ताको सम्मानमा पन्नालाल चोक निर्माणको आवश्यक पहल थालेको छ ।

लामो समयदेखि नेपाली पत्रकारितामा विशेष योगदान पु¥याउनु भएका गुप्तको सम्मान गर्दै थप चिनारीसहितको जिवन्तताका लागि उहाँकै निवास त्रिभुवन चोकको पुर्वलाईन रानीतलाउ मन्दिर नजिकै पन्नालाल चोकको नामाकरण गरि स्थापना गर्न संघद्वारा आवश्यक पहल गरिन लागिएको अवधी पत्रकार संघका केन्द्रिय अध्यक्ष राकेशकुमार मिश्राद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
अवधी पत्रकार संघ केन्द्रीय कार्यसमितिको हालै बसेको बैठकले उहाँको नाममा चोक स्थापना गर्न सम्बद्ध सरोकारवाला निकायसँग आवहानसँगै पहल गर्ने निर्णय गरिएको जिल्ला अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले बताउनुभयो ।
यसैगरि बैठकले संघका साधारण सदस्य तथा वरिष्ठ पत्रकार स्वर्गिय रामगोपाल बैश्यको सम्मानमा पनि उहाँको निवास महेन्द्र उच्च माध्यमिक विद्यालय गगनगन्ज सडक अन्तर्गत रामगोपाल मार्ग तथा चोक नामाकरण गर्ने निर्णय गरेको छ ।

पश्चिम तराईको बाँके जिल्लामा अवधी भाषीहरुको बाहुल्यता भएकाले उहाँ दुबै जना अवधी समुदायबाट पत्रकारिता क्षेत्रमा समाजलाई परिवर्तन गर्नमा विशेष योगदान पु¥याएको हुनले संघले उहाँको सम्मान स्वरुप सो पहलकदमी गर्न लागेको हो ।
बैठकले दुबैजनाको चोक तथा मार्ग नामाकरणका लागि सम्वद सरोकार निकाय, उहाँहरुको परिवार तथा विभिन्न सञ्चारकर्मीका पेशागत संगठन तथा स्थानीयवासीसँग पनि संघले आवश्यक पहल गर्ने छ । साथै सो कार्यका लागि सबैलाई एकताबद्ध हुन पनि यसै विज्ञप्तीमार्फत हार्दिक अपिल पनि गर्दछौ ।
