Monday, April 27सत्यम खबर
Shadow

पूर्वमन्त्री राईलाई खानेपानी बिभागको जिम्मेवारी

नेपालगन्ज, ५ कार्तिक – जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठकद्वारा प्रदेश ५ बाट पार्टीको विभिन्न तहको जिम्मेवारी दिइएको छ ।


प्रदेश ५ को समायोजन कार्यदल र शहरी विकास तथा खानेपानी विभाग प्रमुखमा पूर्व शहरी विकास मन्त्री एवं बाँके क्षेत्र नं. २ का संघीय सासद मोहम्मद ईस्तियाक राईलाई चयन गरिएको छ ।
यस्तै संवैधानिक तथा कानुन विभाग प्रमुखमा नवराज सुवेदी, भौतिक पुर्वाधार तथा यातायात ब्यवस्था विभाग प्रमुखमा सर्वेन्द्रनाथ शुक्ला, आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभाग प्रमुखमा अकवाल अहमद शाह र संसदीय व्यवस्था विभाग प्रमुखमा अमृता अग्रहरी चयन हुनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *