काठमाण्डौ, ३१ जेठ – भारतीय सेनाले नयाँ सेना प्रमुख पाउने भएको छ। भारतीय सेनाका उपप्रमुख रहेका लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीलाई सेना प्रमुखमा नियुक्त गर्न लागेको हो। उनी आगामी जुन ३० देखि जिम्मेवारी सम्हाल्ने छन्। वर्तमान सेना प्रमुख जनरल मनोज पाण्डेले यही जुन ३० मा अवकाश लिँदैछन् ।
गत महिना भारत सरकारले जनरल पाण्डेको पदावधि एक महिना बढाएको थियो । मे ३१ मा अवकाश पाउँदै गरेका पाण्डेको कार्यकाल १ महिना ६ दिन बढाइएको थियो ।
भारतीय रक्षा मन्त्रालयका अनुसार सन् १९६४ मा जन्मिएका उपेन्द्र द्विवेदी सन् १९८४ मा सैनिक सेवा प्रवेश गरेका थिए। उनले सुरुमा भारतीय सेनाको इन्फ्यान्ट्री जम्मू एन्ड कश्मीर राइफल्समा सेवा गरेका थिए। नेपाल पाना