Thursday, September 25सत्यम खबर
Shadow

अपडेटः ३१ महिलासहित ७० जना कोरोना मुक्त भई घर फर्किदै

नेपालगन्ज, ३ कार्तिक – सोमबार बाँकेका थप ७० जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज हुँदैछन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार सोमबार नेपालगन्ज १ का २ बर्षिय बालकसहित बाँकेका ३१ महिला र ३९ पुरुष गरी ७० जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन । उनीहरुलाई असोज १९ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।


योसँगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार १ सय ९ पुगेको छ ।
विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका १७ सहित ५ सय ७० जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ६ सय ९१ रहेको छ भने २९ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *