नेपालगन्ज, १८ जेठ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को आर्थिक सहयोग तथा शहरी स्वास्थ्य केन्द्र नेपालगन्ज बाँकेको आयोजनामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण कार्यक्रम आज सम्पन्न भएको छ ।
शहरी स्वास्थ्य केन्द्रका प्रमुख तथा कार्यक्रम सञ्चालक नवराज न्यौपानेले – पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण कार्यक्रम यस अगावै गत वर्षमा घोषणा भईसकेको हुँदा सोलाई हामीले निरन्तरता दिंदै वडालाई पूर्ण खोपमा सफल बनाउन प्रयासरत रहँदा रहँदै समेत ४ जना बालबालिकाहरु हाल खोप लगाउनबाट छुटेको हुँदा आउने दिनमा उनलाई सहभागी गराउने बताउनुभयो ।
वडा नं. ६ का वडा अध्यक्ष समिरप्रताप सिंहले ‘वडाबाट शहरी स्वास्थ्य केन्द्रले मागे अनुसारको बजेट विनियोजित गर्न नसकेको अवस्था भएपनि हाल छुट्टाईएको बजेटबाट समेत उत्कृष्ट कार्य गर्दै आईरहेको शहरी स्वास्थ्य केन्द्र धन्यवादको पात्र भएको छ, हाल वडालाई पूर्ण खोप मुक्त बनाउन स्वास्थ्यकर्मीहरुले गरेको मेहनल सराहनीय रहेको बताउनुभयो ।
वडा नं. ६ का वडा सचिव मदनबहादुर रावतले शहरी स्वास्थ्य केन्द्रमा प्रयाप्त कर्मचारी नभएपनि भएका कर्मचारीहरु दिनरात घरदैलो गरी वडा भित्र स्वास्थ्य क्षेत्रमा भए गरेका प्रगति तारिफयोग्य भएको बताउँदै आउने दिनमा अझ बढी मेहनत र लगनका साथ पाइला चालिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा शहरी स्वास्थ्य केन्द्रमा उत्कृष्ट सेवा दिने स्वास्थ्य स्वयंसेविका तथा कर्मचारीलाई सम्मान गरिएको थियो भने पूर्ण खोप लगाउनेलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, वडा सदस्य तथा कार्यपालिका सदस्य संगिता रेग्मी, वडा सदस्यहरु जमालुद्दिन बागवान, भूमि दमिनि, वडा सचिव मदनबहादुर रावत, समाजसेवी दिलीप रेग्मीलगायतको सहभागिता रहेको थियो ।