Wednesday, May 27सत्यम खबर
Shadow

अपटेड : बाहिरी जिल्लाबाट बाँके जिल्लामा आई ज्यान गुमाउनेको संख्या १४

नेपालगन्ज, २ कार्तिक – बर्दियाका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा बाँकेको नेपालगन्जमा मृत्यु भएको छ ।
आईतवार बिहान उपचार कै क्रममा भेरी अस्पताल नेपालगन्जमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ बर्दियाका ४२ बर्षिय कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।


जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ बर्दियाका ४२ बर्षिय कोरोना संक्रमित एक पुरुषको उपचार कै क्रममा आईतबार बिहान ३ बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।
मृतक व्यक्तिको स्वास्थ्यमा समस्या आएपछि असोज १४ गते उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो । कोरोनाको आशंकामा असोज १५ गते स्वाब संकलन गरिएको र १६ गते मृतक व्यक्तिमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनलाई अस्पतालको कोभिड–१९ आइसोलेसन वार्डमा भर्ना गरी उपचार शुरु गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रबाट जारी गरिएको प्रेस नोटमा जनाइएको छ ।
स्वास्थ्यमा सुधार नआए पस्चात भेन्टिलेटर लगायतका थप सुबिधाका लागि उनलाई भेरी अस्पताल नेपालगन्ज ल्याई उपचार शुरु गरिएको थियो । उपचारको क्रममा रोगको प्रकृति अनुसार गरिनु पर्ने अक्सिजन, रेम्डिसिभर, प्लाज्मा थेरापी, भेन्टिलेटर लगायतको सबै प्रकारको उपचार विधि अपनाउँदा अपनाउँदै स्वास्थ्यमा सुधार नआएपछी आईतबार बिहान ३ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन श्रेष्ठले जानकारी गराउनुभयो ।
योसँगै कोरोना उपचारको क्रममा बाहिरी जिल्लाबाट बाँके जिल्लामा आई ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । मृतकको शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीबाट समन्वय भैरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *