Saturday, November 22सत्यम खबर
Shadow

सरकार ढल्ने त्रासले छटिपटीमा प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ, २३ बैशाख – वाम गठबन्धन सरकार जुनसुकै बेला ढल्नसक्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छटिपटीमा परेका छन्।

खासगरी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गठबन्धनप्रति असन्तुष्ट रही वैकल्पिक गठबन्धन बनाउनुपर्ने पक्षमा रहेको र एमाले कांग्रेसका दोस्रो तहका नेताहरुबीच पनि छलफल बाक्लिएपछि प्रचण्ड त्रासमा परेका हुन्।

शनिबार पार्टी संसदीय दलको बैठकमा समसामयिक राजनीतिबारे चर्चा गर्दै प्रचण्डले पछिल्ला केही दिनयता गठबन्धन भत्काउनेगरी प्रयास भएको बताएका छन्। ‘गठबन्धन भत्काउन सकिन्छ कि भनेर केही व्यक्तिहरू लागेका छन्,’ प्रचण्डको भनाइ थियो।

उनले नेताहरुलाई थामथुम पार्न तत्काल कुनै समस्या नआउने दाबी गरेपनि बेचैन देखिन्थे।

पछिल्लो पटक एकीकृत समाजवादीका अध्यक्ष नेपालले गठबन्धन कति दिन टिक्ने हो भनेर सार्वजनिक रुपमै प्रश्न गर्दै आएका छन्। नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *