Thursday, November 28सत्यम खबर
Shadow

यादव समाजको क्यालेन्डर बिमोचन

नेपालगन्ज, १२ बैशाख – यादव सेवा समाज केन्द्र केन्द्रिय समितिद्वारा एक कार्यक्रमका बिच नयाँ वर्षको क्यालेन्डर बिमोचन गरिएको छ ।
यादव सेवा समाज केन्द्र केन्द्रिय समिति नेपालगन्ज बाँकेका अध्यक्ष सूर्यलाल यादवको अध्यक्षता, लुम्बिनी प्रदेशका निर्वतमान कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल यादवको प्रमुख आतिथ्यमा बिमोचन कार्यक्रम सम्पन्न भएको थियो ।


केन्द्रिय समितिका सचिव रमेशकुमार यादवद्वारा सञ्चालित महेन्द्र पुस्तकालयको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका निर्वतमान कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल यादव, बिशिष्ट अतिथि जानकी गाउँपालिका उपाध्यक्ष राम प्यारी यादव, सल्लाहकारद्वय शिक्षा विकास तथा समन्वय इकाई नेपालगन्जका प्रमुख रामसुरेश यादव, महेन्द्र पुस्तकालय नेपालगन्ज व्यवस्थापन समितिका अध्यक्ष बलराम यादव, जानकी गाउँपालिका वार्ड नं.६ का पूर्व वडाध्यक्ष सुरेश यादवले समाजद्वारा नयाँ वर्ष २०८१ को प्रकासित गरिएको क्यालेन्डर संयुक्त रुपमा महेन्द्र पुस्तकालयको सभाहलमा बिमोचन गरिएको केन्द्रिय समितिका उपाध्यक्ष हेमराज यादवले बताएका छन् ।


प्रमुख अतिथि निर्वतमान मन्त्री भण्डारीलाल यादवले आजको समयमा शिक्षा सवैमा हुन जरुरी छ, शिक्षा बिना कुनै चीज सम्भव छैन, यादव समाजका अगुवाहरुले समाजका बालबालिकाहरुलाई शिक्षा दिन जरुरी छ, समाजका हरेक व्यक्तिले आ–आफना बालबालिकाहरुलाई बिना भेदभावका साथ छोराछारीलाई पढाउनु पर्छ । छोरालाई बोर्डिङ्ग र छोरीलाई सरकारी स्कूलमा पढाउने, त्यस्तो हैन् बराबर हेरेर शिक्षा दिनुपर्छ । समाजमा दाइजो र बालविवाह मुक्त हुनु पर्छ जब समाज शिक्षित हुन्छ, तब आफै बालबिवाह र दाइजो अन्य हुन्छ र शिक्षित भएपछि विभिन्न पालिकामा हाम्रा यादव समाजका व्यक्तिहरुरुले राजनितिक सजिलो हुन्छ ।


उहाँले प्रदेशबाट समाजका लागी सक्दो सहयोग र व्यक्तिगतबाट १ महिना तलब सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यसरी बिशिष्ट अतिथि जानकी गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादव, सल्लाहकारद्वय शिक्षा विकास तथा समन्वय इकाई नेपालगन्जका प्रमुख रामसुरेश यादव, महेन्द्र पुस्तकालय नेपालगन्ज व्यवस्थापन समितिका अध्यक्ष बलराम यादव, जानकी गाउँपालिका वार्ड नं.६ का पूर्व वडाध्यक्ष सुरेश यादव, जानकी गाउँपालिका वार्ड नं.३ का हुसेनी यादव, महेन्द्र माध्यमिक बिद्यालय रानी तलावका पूर्व प्रधानाध्यापक राजेश यादवले क्यालेन्डर प्रकासितमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । श्री हरि सतसंग समिति नेपालगन्जका अध्यक्ष (यदुबंशी कृष्ण) कृष्ण यादव लगायतले शिक्षामा जोड दिंदै शुभकामना व्यक्त गरेका थिए ।
जानकी गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादवले यादव समाजमा अहिले बिरहाको लोप हुँदै गएकोले समाजमा झल्काउनका लागी बिरहाका लागी १ लाख ५० हजार दिनका लागी प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।


केन्द्रिय समितिका अध्यक्ष सूर्यलाल यादवले यादव समाजद्वारा विभिन्न निकाय र समाजबाट राजनीतिक क्षेत्रमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ र आउने दिनहरुमा यस समितिले सम्मान गरिने छ ।
पहिलाको समयमा शिक्षाको कमी र जनचेतनाको कमी गर्र्दा यादव समाजका व्यक्तिहरुले कम पढेलेखेका थिए । आजको समयमा बिस्तारै शिक्षा बढेको छ । यादव समाज कै डाक्टर, शिक्षक लगायत बिभिन्न निकायमा रहेका छन् । राजनीतिकमा पहिला घरबाट महिलाहरु बाहिर निस्कनै नदिने चलन थियो तर आज हेर्दा बडा खुशी लाग्छ विभिन्न निकायको ओहदामा यादव समाजका स्वजातीय बन्धुहरु रहेका छन् ।
सो कार्यक्रममा केन्द्रिय समितिका उाध्यक्ष बिमला यादवले स्वागत मन्तव्य व्यक्त गरेको थिइन । यसरी समितिका सदस्यहरुमा लवकुश यादव, मनोज यादव, श्यामा यादव, देवानन्द यादव, गोबन्द यादव, रामसमुझ यादव, बीरेन्द्र यादव, जानकी गाउँपालिका वार्ड नं.४ कमला यादव, नरैनापुर गाउँपालिका पशु शाखा प्रमुख जगतराम यादव, सञ्चारकर्मीहरुमा पवन जायसवाल, सोम गुरुङ्ग, कमल गुरुङ्ग, समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *