Wednesday, April 29सत्यम खबर
Shadow

संघको भवन निमार्णका लागि प्रदान गरिएको जग्गाको नाप नक्सांकन

नेपालगन्ज ३०, असोज– अवधी पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिको भवन निमार्णका लागि प्रदान गरिएको जग्गाको नाप नक्सांकन गरिएको छ । संघका आजिवन सदस्य तथा सल्लाहकार नेपालगन्ज–६, फुल्टेक्रा निवासी समाजसेवी माधवराम बर्माले नेपालगन्ज उपमहानगरपालिका वडा नंं ४ बसपार्क नजिक उपलब्ध गराउनु भएको दुई कठ्ठा ४ धुर जग्गाको आज शुक्रबार नापी गरि चार किल्ला छुट्टाइएको छ ।


संघको कार्यालय लगायतका भौतिक संरचना निमार्ण गर्नका लागि जग्गादाता बर्माको संरक्षणमा रहेको श्री शिव पार्वती मन्दिर संरक्षण तथा व्यवस्थापन समितिमार्फत उक्त जग्गा उपलब्ध गराइएको हो । जग्गाको नाप नक्सांकन गरि चार किल्ला छुट्टाएर पिलर गाडिएको छ ।

संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रको नेतृत्वमा गरिएको नाप नक्सामा जग्गादाता माधवराम बर्मा, संघका संस्थापक अध्यक्ष सुर्यलाल यादव, महासचिव गुरुमुरत यादव, केन्द्रीय सदस्य भरतकिशोर बैश्य, संघका बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीको उपस्थिती रहेको थियो ।
नक्सांकन गरिएको जग्गालाई संरक्षण गरि छिटटै भवन निमार्णको पहल थालिने अध्यक्ष मिश्रले बताउनुभयो । उहाँका अनुसार अहिले तत्काल सो जग्गाको संरक्षणका लागि चारैतिर तार जाली सहितको बाउण्ड्री वाल र गेट निमार्ण गरिनेछ । संघको कार्यालय भवनका लागि विगत लामो समयदेखि खोजी गर्ने क्रममा जग्गादाता बर्माले जग्गा उपलब्ध गराउने गर्नुभएको घोषणा आज कार्यन्वयनमा आएको छ । संघको भौतिक पुर्वाधारका लागि जग्गा उपलब्ध गराउने बर्मालाई संघले विशेष धन्यवाद दिएको छ ।


संघको पञ्चवर्षिय योजना अन्तर्गत अत्याधुनिक कार्यालय भवन निमार्ण, अवधी संग्रहालय, कन्फ्रेन्स हल, बैठक कक्ष, अवधी लाइब्रेरी, सुविधा सम्पन्न गेष्ठ हाउस, पार्किङ्गसहितको भौतिक संरचना निमार्ण गरिने संघले जनाएको छ ।
यसैगरि बर्माले रु ५० हजारको आफ्नो बुवा र आमाको नाममा शिक्षा पत्रकारिता पुरस्कार कोष समेत स्थापना गर्नुभएको छ । अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा स्थापना भएको संघको केन्द्रीय कार्यालय नेपालगन्जमा रहेको छ भने बाँके, बर्दिया, दाङ्ग, कपिलबस्तु, नवलपरासी, रुपन्देही र कठमाण्डौ जिल्लामा शाखा समेत स्थापना भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *