Thursday, September 25सत्यम खबर
Shadow

६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता उपलब्ध गराउन गृहको पत्राचार

काठमाण्डौ, २९ असोज – सरकारले ६० वर्ष मुनिका एकल महिला र अति अशक्तलाई भत्ता उपलब्ध गराउन स्थानीय तहहरूलाई आग्रह गरेको छ ।
गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न भन्दै भत्ता उपलब्ध गराउन स्थानीय तहमा पत्राचार गरेको छ ।


केही समयदेखि ६० वर्षमुनिका विधवा र अति अशक्तको भत्ता रोक्का थियो । विगभाले महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकालाई बुधबार पत्राचार गरेर आर्थिक वर्ष २०७७र०७८ को पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन भनेको हो ।
६० वर्ष ननाघेका विधवा एकल महिलालाई मासिक दुई हजार र अति अशक्त अपाङ्गता ख वर्गका परिचय पत्र भएका लाभग्राहीले मासिक एक हजार छ सयका दरले भत्ता पाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *