Thursday, April 30सत्यम खबर
Shadow

ग्रेस पब्लिक स्कुलको १४औं स्थापना दिवस भब्यरुपमा सम्पन्न

नेपालगन्ज, १ चैत – ग्रेस पब्लिक स्कुलले आफ्नो १४औं वार्षिकोत्सब विभिन्न कार्यक्रम गरी मनाएको छ ।
धर्मराज न्योैपानेको सभापतिमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा न.४ को वडा अध्यक्ष गोपाल पुनमगर, अतिथि ओस्कर थापा मगर, रेशम जोशी, दुर्गाबहादुर क्षेत्री, ज्ञानु चोैंधरी, निशा पोखरेल रेग्मी, नृप खनाल, शिशिर नारायण श्रेष्ठ, खुमलाल शर्मा, नेत्र कार्की, लोकराज देवकोटा लगायतको उपस्थिति रहेको थियोे ।


कार्यक्रममा प्रमुख अतिथि पुनले स्कुलको प्रशंसा गर्दै कसरी माथि लैजान सकिन्छ, तेता लान आग्रह गरेका थिए । स्कुलले दक्ष्य विद्यार्थी उत्पादन गर्नु, गुणस्तरीय शिक्षा दिन सक्नु, विद्यार्थीहरुलाई संस्कारी बनाउनु र जेहेन्दार विद्यार्थीलाई छात्रा बिर्दि दिदै स्कुललाई अगाडि लान आग्रह गरेका थिए ।
कार्यक्रमका सभापति धर्मराज न्योैंपानेले आफ्नो स्थापना दिवसमा हाम्रो स्कुलले आज १४औं वार्षिकोत्सब मनाउन पाउनु खुसिको क्षण हो । स्कुलको नियमित शिक्षा सगै अतिरिक्त कलासहरु नृत्य , खेलकुद लगाएतका कार्यक्रममा अझ सहभागी चलाउन पाएर नेपालगन्जको एक नमुना स्कुल बनाउन सकिने बताए ।
विद्यालयले आफ्नो १४ ओैं वार्षिकोत्सबमा अनुशासित विद्यार्थी, राम्रो पढाईमा दखल राख्ने, कक्षाका उत्कृष्ट विद्यार्थी, नृत्य र चित्रकला प्रस्तुत गर्ने विद्यार्थीहरुलाई पुरस्कार तथा मेडल प्रदान गरिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *