
नेपालगन्ज, २७ फागुन – विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेस बाँके वडा नं. ४ वडा कमिटीमा दर्जन बढी नव प्रवेशी सदस्यहरुलाई आज एक कार्यक्रम गरी स्वागत गरिएको छ ।
नव प्रवेशीहरुमा जसपा जिल्ला सदस्य मोहम्मद जमिल हल्वाई (सोनु), राप्रपा नगर सदस्य मोहम्मद अब्दुल कादिर हल्वाई, जसपा नगर सदस्य जुबेदा हल्वाई, मोहम्मद आबान हल्वाई, बाबी हल्वाई, चाँदनी सल्मानी, बन्नो शेष, इरसाद इद्रिसी, राजुप्रसाद बनिया, प्रेमचन्द्र वैश्य तथा कल्लु शेष रहेका छन् ।

नव प्रवेशी सदस्यहरुलाई प्रमुख अतिथी तथा माननीय सांसद माया पुनले खादा, अबिर मालाले स्वागत गर्दै सदस्यता रसिद वितरण गर्दै भन्नुभयो– ‘तपाईहरुले पार्टीको विधान अनुसार कार्य गर्ने विश्वास गरेको छु । तपाईहरुको अधिकार हामी कसरी सुनिश्चित गराउने, मिलेर जाने तथा तपाईहरुले आजबाटै वडा नं. ४ को वडा कमिटीलाई थप मजबुत, सशक्त कसरी बनाउन सकिन्छ, त्यसतर्फ विचार गर्नु हुनेछ भन्ने विश्वास लिएको बताउनुभयो ।

कार्यक्रममा कावा सभापति ठाकुरप्रसाद शर्माको सभापत्विमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद माया पुन, विशिष्ठ अतिथि पूर्व साँसद अब्दुल हामिद सिद्दिकी, अतिथिहरुमा महासमिति सदस्य निरजन सिंह सिजापति, नेपाली काँग्रेस क्षेत्र नं. २ क्षेत्रीय सचिव प्रदीप शाह, रहेका थिए भने कार्यक्रम सञ्चालन वडा कमिटी सचिव अस्मिता शाह महतराले गरेकी थिईन ।

नव प्रवेशी जसपा जिल्ला सदस्य मोहम्मद जमिल हल्वाई (सोनु)ले आफूले नेपालको पहिलो, पुरानो पार्टी नेपाली काँग्रेसमा प्रवेश गरेको छु । मलाई आशा र विश्वास छ आउने दिनमा हामीलाई उचित सम्मानका साथ पार्टी सक्रियामा खटाईने छ ।

