
नेपालगन्ज, २५ फागुन – नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा बाजागाजा सहित भब्यताका साथ ११४ औं नारी दिवस नेपालगन्ज उपमहानगरपालिका वी.पी.चौकदेखि धम्वोझीसम्म रैली गरी धम्बोझीमा लैगिंक हिंसा विरुद्ध चेतनामूलक सडक नाटक, कोणसभा गरी आज शुक्रबार नेपालगन्जमा मनाइएको छ ।

न्यायिक समितिका संयोजक भएकाले महिला हिंसा न्युनिकरणका लागि हर सम्भव प्रयास गर्ने प्रतिद्धता गर्दै गाउँ शहर टोल स्तरबाटै सबै प्रकारको विभेद, महिला हिंसा, घरेलु हिंसालाई न्युनिकरणमा हामी सवै लाग्नु पर्दछ अनि मात्रै सम्भव हुने नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईले बताउनु भयो ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा इन्सेक लगायत ४२ वटा संस्थाहरुको सहभागितामा धम्बोझीमा लैगिंक हिंसा विरुद्ध चेतनामूलक सडक नाटक गरी समाजमा विद्यमान महिला हिंसा परिवारबाटै हुने गरेको, कुलतले पनि महिला हिंसा हुने गरेकाले परिवारबाट भएपछि अरुबाट पनि हुँदै गरेकोले विभेद रहित समान कामका लागि समान ज्याला अझ प्रभावकारी रुपमा सचेत हुन जरुरी भएको सडक नाटकले सन्देश दिएको नेपालगन्ज उपमहानगरपालिका महिला शाखा अधिकृत मन्जु पाण्डे बताउँदै सभा समापन गर्नु भएको थियो ।

