Sunday, April 26सत्यम खबर
Shadow

३७ जनाले गरे रक्तदान

नेपालगन्ज, १९ फागुन – ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ एकता युवा क्लब बाँकेको आयोजना, नेपालगन्ज उपमहानगरपालिका वडा नं.–२२ वडा कार्यालय पुरैनी, द रोयल फिटनेश जोन, शर्मिला अल्मुनियम सप्लायर्स र एस. के. डेरी उद्योगको सहआयोजनमा आज शनिवार पुरैनीमा ३७ जनाले रक्तदान गरेका छन् ।


नेपालगन्ज उपमहानगरपालिका वडा नं.–२२ पुरैनीमा रहेको एकता युवा क्लबको परिसरमा आयोजित रक्तदान कार्यक्रममा गरिएको कार्यक्रममा शर्मिला अल्मुनियम सप्लायर्सका बसन्त बोहरा, पंकज भुषाल, अशोक गुरुङ्ग, धनराज वर्मा, एकता युवा क्लबका अध्यक्ष राजेश कुमार यादवले संयुक्तरुपमा रगत संकलन गर्ने पाकेट प्राविधिक होमराज गिरीलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाघटन गर्नु भएको थियो ।


कार्यक्रममा एकता युवा क्लबका अध्यक्ष राजेशकुमार यादव, रबिन चौधरी, शर्मिला अल्मुनियम सप्लायर्सका बसन्त बोहरा, प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिक होमराज गिरी, अशोक सिंह गुरुङ्ग, पंकज भुषाल, सरोजकुमार मिश्र, अनिल चौधरी, सन्नी साहनी, सुरेस गोडिया, मुकेश यादव, सतिश सिंह, बिकास थारु, राजेश थारु, धर्मराज थारु, योगेश चौधरी, बिजय रोका, किरन ओली, सुबोज सिंह, बिनोदकुमार यादव, रामु साहू, रोहित राणा, गौरव घर्तीमगर, रमेश साहू, पञ्चम कुम्हार, फागुलाल राँढ, गगन राणा, सुरेन्द्रकुमार गोडिया, मनोजकुमार मिश्र, ओमकार थाया, सुशान्त श्रेष्ठ, अमित मल्ल, अरुण साहू, होमराज गिरी, रोहित साहू, मंगल जिएस, रबि गोडिया, प्रकाश खडका लगायत ३७ जनाले रक्तदान गर्नुभएका छन् । सो कार्यक्रममा समाजसेवी एकता युवा क्लबका सदस्य तथा स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिक होमराज गिरी, सुनील रत्गैया, प्रशान्त तिवारी, केशर सिंह डाँगी लगायतले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *