नेपालगन्ज, ३ फागुन – मित्र राष्ट्र भारत उत्तरप्रदेशकाे आयाेध्यामा श्रीराम मन्दिरकाे उद्घाटन पश्चात् नेपालगन्ज-जनकपुर हवाई यात्राकाे चर्चासँगै शनिबारदेखि परिक्षण शुरू हुँदै गर्दा बाँकेबासीहरूले खुशी व्यक्त गरेका छन् ।
यसैसित अब उप्रान्त रूपैडिहादेखि आयाेध्यासम्म सिधै बस तथा टेक्सी सेवा शुरू गर्न आज सम्बन्धित पक्षहरूसित छलफल गरिएकाे छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य पशुपतिदयाल मिश्र, नेपालगन्ज उधाेग वाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल वैश्य लगायतका व्यक्तिहरूले उक्त धार्मिक बस सेवा शुरू गर्न नगर पंचायत रूपईडीहाका चेयरमैन डा. उमाशंकर वैश्यसँग छलफल गरेका छन् ।
उक्त छलफल पछि चेयरमैन डा. वैश्यले आजकाे छलफल सकारात्मक भएकाे तथा १-२ दिन भित्र मैले सम्बन्धित पक्षकाे माग अनुसार माननीय मुख्यमन्त्री, क्षेत्र सांसद, परिवाहन विभाग लगायत पक्षसँग यश बारे लिखित रूपमा चर्चा गरि रूपईडीहादेखि आयाेध्या तथा आयाेध्यादेखि रूपईडीहा बस, टैक्सी सेवा सञ्चाफन गर्ने बताउनु भयाे ।
नेपालगन्जबाट सहभागी नेपालगन्ज उधाेग वाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल वैश्यका अनुसार जसरी माता सीता कहाँ जानकी मन्दिर जनकपुर हवाई यात्रा परिक्षण हुन गईरहेकाे छ त्यसैगरी भागवान श्रीरामकाे आयाेध्या धामसम्म छिट्टै बस तथा टैक्सी सेवा सञ्चालन हुने बताउनुभयाे ।