Wednesday, May 6सत्यम खबर
Shadow

भारतीय सीमा क्षेत्रमा चिनियाँहरुको बिगबिगी, अपराधका घटनामा पनि बढे

काठमाण्डौ, २६ माघ – नेपालमा पछिल्लो समय बढ्दो आर्थिक अपराधका गतिविधिमा चिनियाँहरुको संलग्‍नता बढ्दोरुपमा देखिएको छ। नेपालमा आर्थिक अपराधका घटनामा मात्र नभएर पछिल्लो समय अपहरण र बन्धक बनाउने काममासमेत चिनियाँहरु संलग्‍न भएको पाइएको छ।

काठमाडौं महानगरीय परिसरका अनुसार नेपालमा अपराधका घटनाहरु गरेर चिनियाँहरु खुला सीमाको दुरुपयोग गर्दै भारततर्फ जाने गरेका छन्। यसअघि काठमाडौंबाट अपहरण भएका नागरिकलाई सिन्धुपाल्चोक पुर्‍याइएको थियो। अपहरण गरिएकाहरुलाई प्रहरीले घाइते अवस्थामा फेला पारेको थियो।

नेपालमा आएर चिनियाँ नागरिक अपराधमा संलग्न देखिएको अपहरणको यो पछिल्लो घटना मात्र हो। अघिल्लो वर्षको फागुन ३० गते ठमेलमको ज्याठा गल्लीमा तरबार र घरेलु हतियारसहितको चिनियाँ टोलीको भीडले एक्कासी नेपाली ट्याक्सी चालकमाथि आक्रमण गरेका थिए।

२०७६ पुस महिनामा प्रहरीले अवैध रुपमा बसेका तथा आर्थिक अपराधमा संलग्न रहेको भन्दै काठमाडौँका विभिन्न स्थानमा छापा मारी एक सय २२ जना चिनियाँलाई पक्राउ गरेको थियो। विदेशी नागरिक यति ठूलो संख्यामा पक्राउ परेको त्यो नै सबैभन्दा ठूलो अपरेसन हो। २०७६ भदौ १५ बैंकका एटीएम पीन ह्याक गरी रकम चोर्दै गर्दा प्रहरीले ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। त्यसको भोलिपल्ट पुनः अर्का एकजना चिनियाँ नागरिक समातिएका थिए।

२०७६ मंसिर १२ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। २०७६ साउन २० गते पनि हङकङबाट आएका चिनियाँ नागरिक ली निङ ज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबैध रुपमा ल्याइएको चार किलो सुनसहित पक्राउ परे।

२०७६ भदौ ८ गते जहाजमा यात्रा गर्ने क्रममा चोरी गरेको आरोपमा २ चिनियाँ नागरिक पक्राउ परे। टर्किस एयरलाइन्सको जहाजबाट इस्तानबुल जान लागेको २ चिनियाँ नागरिक काठमाडौँमा पक्राउ परेका थिए।

अपराधमा संलग्न चिनियाँ नागरिकले उच्च तहको प्रविधिको प्रयोग गर्ने, चिनियाँ नागरिक पक्राउ परे दुतावाससहित शक्तिशाली निकायबाट छाड्न दबाब आउने गर्दा समस्या बढेको छ। तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको अघिल्लो सरकारले चिनियाँ पर्यटकलाई आकर्षित गर्न भन्दै चिनियाँ पर्यटकसँग भिसा शुल्क नलिने निर्णय गरेपछि यस्तो समस्या बढेको हो। यसरी नेपाल आउने चिनियाँ पर्यटकहरु भारतीय सीमा क्षेत्रमा पनि बढ्दो रहेको देखिएको छ। नेपालपाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *