Saturday, April 18सत्यम खबर
Shadow

मेयर कपमा बागेश्वरीको विजयी सुरुआत

नेपालगन्ज, १३ माघ – कोहलपुरको बागेश्वरी एकेडेमीले मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
नेपालगन्ज धम्बोझीमा शनिबार देखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा बागेश्वरीले डिफेन्डिङ च्याम्पियन पशुपति मावि राझाँलाई २–० ले पराजित गरेको छ । विजेता बागेश्वरीका लागि दुबै गोल सुदिप थापाले गर्नु भएको थियो । थापाले खेलको १८ औं मिनेट र ७२आंै मिनेटमा गोल गर्नु भयो । खेलमा म्यान अफ द म्याच भएका सुदिपलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ अध्यक्ष प्रमोद रिजालले पुरस्कृत गर्नु भयो ।
शनिबार एक समारोहका बिच नेपालगन्ज उपमहानगरपालिकाका कार्यबहाक मेयर कमरुद्धिन राईले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ अध्यक्ष रिजाल, लुम्बिनी प्रदेश फुटबल संघका सदस्य मोहन थापा, प्रतियोगिता संयोजक एवम बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष निर्मल चन्द, उपाध्यक्ष अनिल केसी, टोपेन्द्र खत्री लगायतको उपस्थिती रहेको थियो ।


नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सुरु भएको प्रतियोगिता माघ २४ गते सम्म चल्नेछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट टेूनिङ सेन्टरको मैदानमा भैरहेको प्रतियोगितामा बाँके जिल्लाका विभिन्न ८ स्थानीय तहका २८ वटा पुरुष फुटबल टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत आइतबार चार वटा खेल हुने प्रतियोगिता संयोजक चन्दले बताउनु भयो । आइतबारको पहिलो खेलमा नेपालगन्ज मोडेल एकेडेमी र जीवनज्योती स्कुल कोहलपुर (११ः०० बजे), दोस्रो खेल मंगल प्रसाद मावि र जय बागेश्वरी इङलिस मिडियम स्कुल (१२ः३० बजे), मोर्डन पब्लिक स्कुल र डायनामिक स्कुल (२ः०० बजे) र चौथो खेल होलिल्यान्ड मावि र डिूमल्यान्ड इङलिस मिडियम स्कुल (३ः३० बजे) हुने आयोजकले जानकारी गराएको छ ।
प्रतियोगिताको छात्र तर्फ समुह ‘ए’ पशुपति मावि राझा, बागेश्वरी एकेडेमी, मंगल प्रसाद मावि, जय बागेश्वरी इङलिस मिडियम स्कुल, होलिल्याण्ड मावि, ड्रिमल्याण्ड इङलिस मिडियम स्कुल, लक्ष्मी मावि बर्दहवा, एबिसी रेसिडेन्टल, जिभिएन कलेज, नेपालगन्ज सेन्ट जेभियर्स, धम्बोझी मावि, आदर्श मावि खजुरा, सेन्ट थोमस र ग्रिनपिस मावि रहेका छन् ।
प्रतियोगिताको समुह ‘बी’ नेपालगन्ज मोडेल एकेडेमी, जीवन ज्योती स्कुल, मोर्डन पब्लिक स्कुल, डाइनामिक मावि कोहलपुर, ब्राइटल्यान्ड स्कुल, राम जानकी मावि कोहलपुर, राम मावि हवलदारपुर, सुर्योदय मावि बैजानाथ, अमर मावि सि गाउँ, ब्राइटल्यान्ड कलेज, बाल विद्या मावि , कृष्ण मावि कोहलपुर र सनविम स्कुल नेपालगन्ज रहेका छन् ।
प्रतियोगिताको विजेता छात्र–छात्रा टिमले समान रुपमा २१ हजार र उपविजेताले ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने प्रतियोगिता संयोजक चन्दले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *