Tuesday, April 21सत्यम खबर
Shadow

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ स्थानीय तहमा संगठन विस्तार गर्दै

नेपालगन्ज, ७ माघ – बाँकेका विभिन्न स्थानीय तहमा नेपाल लोकतन्त्रवादी आदीवासी जनजाती महासंघ गठन गरिएको छ ।
नेपाल लोकतन्त्रवादी आदीवासी जनजाती महासंघको केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक माया पुन, नेपाल लोकतन्त्रवादी आदीवासी जनजाती महासंघ बाँके जिल्लाको केन्द्रिय प्रतिनिधि हेमन्त कर्मचार्य, नेपाल लोकतन्त्रवादी आदीवासी जनजाती महासंघ बाँके सभापति कृष्ण पुन, प्रत्येक स्थानीय तहका नेपाली कांग्रेस नगर र गाउँपालिका कमिटीका सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य लगायतको नेताहरुको उपस्थितीमा कार्यसमिति गठन गरिएको थियो ।


कन्चन बहादुर श्रेष्ठको अध्यक्षतामा नेपालगन्ज उपमहानगरपालिका स्तरीय नेपाल लोकतन्त्रवादी आदीवासी जनजाति महासंघ नगर कार्यसमिति गठन गरिएको छ । शनिबार भएको प्रथम अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा चन्द्रा थापा, सेकानमान पति बज्राचार्य, सचिवमा सन्तोष श्रेष्ठ, विकास बज्राचार्य, सहसचिवमा चन्द्रकला शाही गुरुङ, सदस्यहरुमा रिमा पुन, सम्झना घर्ती र आसा सिजापति मगर रहेका छन् ।
चन्द्र बहादुर रानाको अध्यक्षतामा खजुरा गाउँपालिका कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा रोमा गुरुङ, सचिवमा प्रेम बुढाथोकी, मिना गुरुङ, सह सचिवमा गोपाल थापा, कमला घर्ति, सदस्यहरुमा चन्द्रा आले, अमृता गुरुङ, पुष्पा पुन, विमला पुलामी, धनबहादुर राना रहेका छन् ।


यसैगरी कोहलपुर नगरपालिकामा नैनसिंह गाहामगरको अध्यक्षतामा कार्यसमिति गठन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा दिलमाया गुरुङ, परबहादुर पुन मगर, सचिवमा बसन्ती थापा मगर र टिकाराम सिंजाली, सहसचिवमा अमृता कुमारी थापा र भुमिकुमारी पुन मगर तथा सदस्यहरुमा हरीनगरकोटी, भिमबहादुर थापा, लाल बुढामगर रहेका छन् ।
यसैगरी हेमा थापाको अध्यक्षतामा डुडुवा कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा अन्जु दराई, सचिवमा प्रेमकुमारी थापा, सहसचिवमा भावना गुरुङ, कोषाध्यक्षमा माया थापामगर, सदस्यहरुमा सुमितकुमार राना, दलबहादुर मगर, पुष्पा थापा, सिर्जना बुढाथोकी रोका रहेका छन् ।


बिसनकुमार गुरुङको अध्यक्षतामा बैजनाथ गाउँपालिका कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा अनन्त थापामगर, उषा थापा, सचिवमा कर्णबहादुर थापामगर, अमर थापामगर, सहसचिवमा श्याम रानामगर, हेमराज थापा, सदस्यहरुमा पवित्रा थापामगर, शुरवीर घर्तिमगर, बलबहादुर पुन रहेका छन् ।
यसैगरी देवराज कुमालको अध्यक्षतामा राप्तीसोनारी गाउँपालिका कार्यसमित गठन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा गौरीपुन मगर, उमेश पुनमगर, सचिवमा डम्बर थापा, जीवन विष्ट, सह सचिवमा हिमाकुमारी पुन, भागीमान पुन, सदस्यहरुमा प्रिति बुढा, मनिराम तारम र तिलकबहादुर पुन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *