Thursday, January 15सत्यम खबर
Shadow

डुडुवाका शैक्षिक संस्था चिसो बढेपछि बन्द

नेपालगन्ज, ५ माघ – अत्याधिक चिसो बढेपछि बाँके डुुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द भएका छन ।
केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा समस्या आउन सक्ने र विद्यालयमा पठन–पाठन प्रक्रियामा असहज वातावरण हुने भएपछि आज शुक्रबार माघ ५ गतेदेखि माघ ७ गतेसम्म शैक्षिक संस्था बन्द हुने भएको छ ।


गाउँपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक विद्यालय, मदरसा, गुरुकुल र बालविकास तथा संस्थागत विद्यालयहरु तीन दिनका लागि बन्द गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले बताउनुभयो । शाखाप्रमुख कर्णले आजएक सूचना जारी गरि शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको जनाउनु भएको छ ।
चिसो अत्याधिक बढेपछि गाउँपालिकाले विभिन्न सार्वजनिक स्थानमा आगो (धुनी) ताप्नका लागि दाउराको व्यवस्थापन गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *