
नरैनापुर, २२ पौष – नरैनापुर गाउँपालिकामा प्रस्तावित सरस्वती बालिका विद्यालयको संयोजकमा बिनय दिक्षितलाई चयन गरिएको छ ।
बाँकेको ८ वटै पालिका मध्ये शैक्षिक क्षेत्रमा सबभन्दा पछाडी रहेको नरैनापुर गाउँपालिकामा शैक्षिक स्तर उन्नतिको लागि बालिका विद्यालयको स्थापना हुनु पर्ने मांग राख्दै शनिबार सम्पन्न कार्यक्रममा बिनय दिक्षितको संयोजकत्वमा रहेको समितिमा मुकद्दरअली मुकेरी, विरेन्द्र यादव, अम्मरलाल मौर्य, हरिचरण तिवारी, डिट्ठाप्रसाद मौर्य, हारुन खाँ, विश्राम यादव, प्रमोदकुमार शर्मा, अजय मौर्य, रामअचल मौर्य, पारसनाथ पाण्डे, रामसिंह खत्रीलाई चयन गरिएको छ ।

नरैनापुर गाउँपालिकामा बालिका विद्यालयको आवश्यकता बारे अधिवक्ता रामकुमार दीक्षित, शिक्षाप्रेमी तथा कार्यक्रमका प्रमुख अतिथि किरण आचार्य, शिक्षक कृष्णादेवी पाण्डे, नेकपा एमाले जिल्ला कमिटी सदस्य सोहनलाल यादव, पत्रकार गुरमुरत यादव लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
नरैनापुर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष मनोज शर्माले आफू तथा स्थानीय सरकारबाट बालिका विद्यालय स्थापनाको लागि सक्तो प्रयास गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
उक्त कार्यक्रमको सञ्चालन पत्रकार विनय दिक्षितले गरेका थिए भने समापन जय किसान माध्यमिक विद्यालयको पुरानो भवन जग्गा दाताले गरेका थिए ।

