Monday, May 4सत्यम खबर
Shadow

विभिन्न क्षेत्रमा सफलता प्राप्त गर्ने चार महिला नेतृ सम्मानित

नेपालगन्ज, १४ पौष – महिला उद्यमी संघ नेपाल बाँके (वीन)ले लुम्बिनी प्रदेश खानेपानी तथा सहरी विकास मन्त्री कृष्णा केसी ‘नमुना’ सहित चार जना महिलालाई सम्मान गरेको छ ।
शनिबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित संघको आप्mनै कार्यालयमा मन्त्री नमुनालाई स्वागत तथा सम्मान गरिएको थियो । राजनीति क्षेत्रमा संघर्ष गरेर आफ्नो छुटै पहिचान बनाउन सफल भएको भन्दैं केसीलाई सम्मान गरिएको हो ।
बाँके वीनले शनिबार महिला उद्यमी महासंघ केन्द्रिय सदस्यमा निर्वाचत भएकी सरस्वती शर्मा पराजुली, नेपालगन्ज उद्योग वाणिज्य संघको महिला उपाध्यक्षमा निर्वाचित मन्दिरा पाण्डे र मारवाडी महिला मञ्च बाँके अध्यक्षमा निर्वाचित कुसुम दुगडलार्ई सम्मान गरेको थियो ।
उनीहरुलाई बाँके वीन अध्यक्ष सावित्रा बस्नेत पोखरेल र अन्य पदाधिकारीले माला, दोसल्ला ओडाएर सम्मान गरेका थिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघको विधानमा पहिलो पटक महिला उपाध्यक्ष अनिवार्य रहनु पर्ने व्यवस्था गरिएको थियो । जस अनुसार यस पटकको निर्वाचनमा मन्दिरा उपाध्यक्षमा पदमा निर्वाचित भएकी थिईन् ।
बाँके वीनको पुर्व अध्यक्ष एवम् महिला उद्यमी संघ नेपाल लुम्बिनी प्रदेश संयोजक समेत रहेकी सरस्वती शर्मा पराजुली यस क्षेत्रमा महिला उद्यमीलाई प्रोत्साहन गर्ने नेतृत्वका रुपमा परिचित छिन् ।


उनले बाँके वीनको स्थापना कालदेखी नै संस्थाको विकासमा योगदान गदै आएकी छिन् । यसैगरी सम्मानित भएकी अर्की महिला उद्यमी कुसुम दुगढ मारवाडी महिलाहरुको क्षमता, नेतृत्व विकासका क्षेत्रमा काम गर्ने नेतृत्वका रुपमा परिचिति छिन् ।
शनिबार भएको सम्मान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका निवर्तमान उपमेयर तथा संघको सल्लाहकार उमा थापामगर, नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक तथा सल्लाहकार हरि सुवेदी, मारवाडी महिला मञ्चको केन्द्रिय उपाध्यक्ष रस्मी कनोडिया, बाँके वीनको निवर्तमान अध्यक्ष निरुपमा रस्तोगी, पुर्व अध्यक्ष अन्जु गुरुङ, कमला टण्डन, सुशिला गौतम, निर्मला गौतम लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बाँके वीनको दिृतीय उपाध्यक्ष आभा गौतमले स्वागत मन्त्वय राखेकी थिईन् ।
बाँके वीनले सम्मान कार्यक्रमको अवसर पारेर खानेपानी तथा सहरी विकास मन्त्री केसीलाई आफना समस्याहरुको बारेमा ध्यानाकर्षण पत्र बुझाएको थियो ।
बाँके वीन अध्यक्ष साबित्रा बस्नेत पोखरेलले मन्त्री नमुनालाई उक्त पत्र प्रदान गरेकी थिईन् । बाँके वीनलेसंचालन गरिरहेको नेपालगन्ज कोशेली घरको व्यवस्थापनका लागि पर्खाल निर्माण, स्थानीय महिलाहरुले उत्पादन गरेका कृषि उत्पादनलाई बिक्री गर्नको लागि सुरक्षित स्थानको लागि टहरा निर्माणको अनुरोध गरेको छ । यसैगरी आर्थिक अभावका कारण संघको कार्यालयको भौतिक पुर्वाधार निर्माणको काम अझै अपुरो रहेकोले ति अपुरा भौतिक पुर्वाधार सम्पन्न गर्न, नेपालगन्ज कोशिली घरमा महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको नमुना खरिद गरी प्रचार प्रसारमा सहयोग गरिदिन अनुरोध गरेको छ ।
महिला उद्यमीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्नको लागि सीपमुलक तालिम नियमित रुपमा आयोजना गर्नेको लागि आवश्यक बजेट बिनियोजन गरिदिन अनुरोध गर्दै बाँके वीनले मन्त्रीलाई अनुरोध गरेको छ ।
मन्त्री केसीले बाँके वीनसँग आफनो भावनात्मक सम्बन्ध जोडिएकोले संघको समस्याहरु समाधानका लागि क्रमश सहयोग गदै जाने प्रतिवद्धता व्यक्त गरिन । महिलाहरु अझै पनि समाजको नेतृत्व तहमा पुग्न कठिन अवस्था रहेको भन्दै आफुले आफनो जिम्मेवारी अनुसार महिलाको आर्थिक, राजनिति रुपमा नेतृत्वका विकासमा सहयोग गर्ने केसीले प्रतिवद्धता व्यक्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *