Monday, May 4सत्यम खबर
Shadow

सिद्धार्थ विद्या सदनको दोस्रो जित

नेपालगन्ज, १३ पौष – सिद्धार्थ विद्या सदनले प्रथमकिशोर सिंह राठौर यु–१६ कपक्रिकेट प्रतियोगितामा दोस्रोजितहासिल गरेको छ ।
शुक्रबार नेपालगन्ज स्थित मंगल प्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा सिद्धार्थले नेपालगन्जमोडेल एकेडेमीलाई ९६ रनले पराजित गरेको छ । सुरुआतमा ब्याटिङ गरेको सिद्धार्थले २० ओभरमा १ सय ६० रन बनाएर अल आउट भएको थियो । टोलीका लागि आर्यन गुप्ताले २५ रन, सुमितनाँउले २१ रन, रियाजुदिन खानले १९ रन बनाए ।


नेपालगन्जमोडेलका समिर बस्नेत, अनुपबर्मा र रितेश ठकरीले २–२ विकेट लिए । जवाफमा नेपालगन्ज मोडेलले ११ ओभरमा ६५ रन मात्र बनाउन सक्यो । टोलीका लागि सुमित विष्टले १२ रन बाहेक अन्यले गतिलो स्कोर बनाउन सकेनन् ।
सिद्धार्थका सुमितनाँउले ३ विकेट, प्रशान्त तामाङ र रितेश ठकुरीले २–२ विकेट लिएका थिए । खेलमा सिद्धार्थका सुमित नाँउ म्यान अफ द म्याचबाट पुरस्कृत भए । उनलाई बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दिप जंग शाहले पुरस्कृत गरेका थिए ।
ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बाँकेका १६ टिमले सहभागिता जनाएका छन् ।
ज्योति स्पोर्टस एकेडेमीका अध्यक्ष सिद्धान्त जंग शाहीका अनुसार प्रतियोगिताको समुह ‘ए’मा जिभिएन, एबिसी, ड्रिम ल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल र मंगल प्रसाद उच्च मावि रहेका छन् ।
यसैगरी समुह ‘बी’ मासिद्धार्थ विद्या सदन, जय बागेश्वरी मावि, ब्राइट ल्यान्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल, आदर्श, मोर्डन, महेन्द्र र आइडियल पब्लिक स्कुल रहेका छन् ।
प्रतियोगितामा सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको छ ।
प्रतियोगिताको विजेताले ५० हजार, उप विजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याट सम्यानले समान ५ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *