Sunday, April 19सत्यम खबर
Shadow

वडा नं. १८ मा थप पूर्वाधार बिकास निर्माणकाे शुरूवात

नेपालगन्ज, ९ पाैष – नेपालगन्ज वडा नं-१८ मा थप पूर्वाधार बिकास निर्माणकाे शुरूवात गरिएको छ । वडाकाे क्षेत्रभित्र रहेका सम्पूर्ण टाेलहरूमा आवश्यकता अनुसारकाे मागलाई सम्बाेधन गर्दै भाैतिक पूर्वाधार बिकास निर्माणकाे कार्य शुरूवात गरिएको छ ।

साेही क्रममा साेमबार कारकाँदाे चाेकदेखि बर्दिया बाईपास सडकमा उत्तरमा रहेकाे खानेपानी टयांकी भगवती टोलमा थप एक वटा पूर्वाधार निर्माणकाे कार्य शुरू गरिएको वडा अध्यक्ष दिपककुमार बर्माले जानकारी दिनुभयाे ।

साे टाेलमा दुई मिटर चौडाइ भएको आर.सी.सी नालासहित सडक निर्माण कार्यकाे साेमबार औपचारिक रूपमा पुजा पाठ गरेर वडा अध्यक्ष बर्मासहित वडा सदस्यकाे टाेलीले शिलान्यास गरेकाे छ ।

५० लाखकाे लागतमा निर्माण भएको र यस आ.ब. मा थप रु ५० लाख गरी रु. एक करोडको लागतमा उक्त नाला तथा सडक निर्माण भइ रहेको वडा अध्यक्ष बर्माले जानकारी दिनुभयाे ।

´वडाकाे याेजना अनुसार माग आवश्यकलाई प्राथमिकतामा राखेर याेजना कार्यान्वयनलाई अघि बढाएका छाैं,वडा अध्यक्ष बर्माले भन्नुभयो, वडाकाे सम्पूर्ण टाेलहरूमा सहज आवागमन हुने वातावरण निर्माण गर्न र वडाबासीले जनप्रतिनिधिलाई बिश्वास गर्ने अवस्था कायम हाेस भन्ने उद्देश्यले कामहरू चरण चरणमा सञ्चालन भईरहेकाे छ ।

संघीय आयाेजना कार्यान्वयन इकाई नेपालगन्ज अन्तर्गत शुरू भएकाे निर्माण शिलान्यास कार्यक्रममा वडा सदस्यसहित टाेलबासी, संघीय आयोजना कार्यालयको इन्जिनियर र वडाका अगुवाहरूकाे उपस्थिति रहेकाे थियाे ।

यो चालू आर्थिक बर्षमा यस भन्दा पहिला यस वडामा विशाल चाेक मोडेल एकेडेमी टोल, छ कुने चाेक लगदहवाभित्र नाला तथा भित्री सडक निर्माण, यातायात कार्यालयदेखि पुर्व गोर्खा साईकल हुँदै स्प्रीङ्गडेल एकेडेमी स्कुल टोलको सडक निर्माण कार्य जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *