Monday, April 27सत्यम खबर
Shadow

अपडेटः बाँकेमा आज ६ महिलासहित २४ जना घर फर्किदै

नेपालगन्ज, २३ असोज – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ६ महिलासहित २४ जना निको भई घर फर्किने भएका छन् ।
असोज ९ गते कोरोना संक्रमित देखिएका उनीहरु आज शुक्रबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।


हालसम्म बाँके जिल्लामा २ हजार २ सय ८९ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि १ हजार ७ सय ६२ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ५ सय २५ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७६.९८ रहेको छ भने बिरामी मृत्यु दर ०.९६ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.३८ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ७ महिलासहित २३ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *