
नेपालगन्ज, २७ भाद्र – नेपाल प्रेस युनियन बाँकेका संस्थापक स्व.पन्नालाल गुप्त “चाचाजी” को ९५ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा अधिकांश पत्रकारहरुले सूचना प्रवाहका विषयमा सामाजिक संजाल हाबी भइरहेको बताएका हुन् ।
महेन्द्र पुस्तकालय नेपालगन्जको समन्वयमा नेपाल प्रेस युनियन बाँके वरिष्ठ पत्रकार स्व. पन्नालाल गुप्त प्रतिष्ठानको आयोजनामा पत्रकारिताको अवस्था, सम्भावना र चुनौती विषयक अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाईले आम जनताले मिडिया मार्फत पहिला समाचार पाउनु पर्ने हो तर सामाजिक सञ्जाल हाभी भएकै कारण छिटो सूचना आउने भएकाले यस्तो अवस्थामा सिर्जना भएको शुक्रऋषी चौलागाईले बताउनु भएको हो । वर्तमान अवस्थामा समाचार प्रवाहका अनलाइन मिडिया धेरै भएको हुँदा उनीहरुको निरन्तरता र क्रियाशिलता कम भएको कुरा कार्यक्रम प्रष्ट्याउनु भएको थियो ।

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नविन गिरीले वर्तमान पत्रकारिताको क्षेत्रमा वौद्धिक चोरी बढी हुने गरेको बताउनु भएको हो । अनलाइनको दुनियाँमा सामाजिक सञ्जाल पहिलाको तुलना भन्दा अहिले सबैको हातमा मोबाइल भएकोले मिडिया भन्दा सामाजिक सञ्जालमा सजिलै सूचना प्रकाशन गर्ने गरिरहेका छन यसले गर्दा चुनौतिको विषय बन्दै गएको अबस्था हो उनले वर्तमान अवस्थाको पत्रकारिता सम्बन्धित विषयभन्दा बाहिर रहेको र समाजले के खोजेको त्यसतर्फ ध्यान नदिएर समाचारहरु प्रकाशित भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रेस युनियन बाँकेका पुर्व अध्यक्ष जयनारायण शाह, पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्ष रुद्र सुवेदीले पत्रकारको संख्या पछिल्लो समय बढ्दै गइरहेको हुँदा पत्रकारिता क्षेत्रबाट जिविकोपार्जन गर्ने पत्रकारहरुकोे वास्तविक संख्या धेरै कम भएको बताईएको छ । नामको मात्रै पत्रकार बन्ने र सक्रिय पत्रकारहरुको क्षेत्रलाई जोखिममा पार्ने काम भइरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका कार्यवाहक अध्यक्ष संगिन शर्मा, प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय सदस्य शिव डोटेल, बाँके शाखा अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्य, पत्रकार महासंघ बाँके सचिव कमल डाँगी, सञ्चारिका समूह नेपालका अध्यक्ष रूपनी जिएम, मधेश मिडिया मिसन नेपाल बाँकेका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी लगायतले पत्रकारले समाचार भन्दा फेसबुकमा स्टाटस् बढी लेख्ने गरेको बताउनु भएको हो ।

कार्यक्रममा बाँकेमा पत्रकारिता गरिरहेका पत्रकारहरुले स्व.गुप्तको जीवन सादगी र मेहेनती रहेको बताउँदै आजको पुस्ताले उहाँको जीवनीलाई अंगाल्न सक्नुपर्ने जस्ता विभिन्न विषयमा चर्चा समेत गरेको थियो ।
स्वर्गीय पन्नालाल गुप्त प्रतिष्ठानका अध्यक्ष बिजय गुप्ताले स्वागत गर्नुभएको कार्यक्रममा प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जय सिंह केसी, पत्रकार महासंंघ लुम्बिनी प्रदेश सदस्य मोहम्मद आरिफ अन्सारी, प्रेस सेन्टर बाँकेका पुर्व अध्यक्ष डक्ट धिताल, क्रियाशील महिला पत्रकार समूह बाँके उपाध्यक्ष करूणा शाह लगायको उपस्थिति रहेको कार्यक्रमलाई युनियन बाँके सचिव भीष्म लोधले सञ्चालन गरेका थिए ।
