Thursday, January 15सत्यम खबर
Shadow

बायु प्रदुषण नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

नेपालगन्ज, २२ भाद्र – बायु प्रदुषण नियन्त्रणका लागि नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ । बाँकेका नागरिक समाजले दिन प्रतिदिन बढदै गएको बायु प्रदुषणको नियन्त्रणका लागि तत्काल पहल गर्न आग्रह गरिएको छ । सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट नेतृत्वको समुहले बाँके निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीमार्फत बन तथा वाताबरण मन्त्रीलाई विहिबार ज्ञापनपत्र पठाइएको छ ।
बायु प्रदुषण नेपाल विश्व कै तेस्रो स्थान रहेको सन्दर्भमा नेपाललाई नै स्वच्छ सफा वातावरण मैत्री बनाउनका लागि र नेपालको संविधानको धारा १६ मा सम्मानपुर्वक बाँच्न पाउने हकधारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थभई बाँच्न पाउने हक छ भनि वातावरणको हकको बारेमा व्यवस्था गरेको छ ।


वायु प्रदुषण न्युनीकरणका लागि नेपाल सरकारसँग तपसिलका माग गरिएको छ ।
१ सर्वाेच्च अदालतबाट स्वच्छ हावा र वातावरण सरंक्षणको बारेमा भएका फैसलाहरु मैत्री बातावरण कानुन नियम बनाई लागु गर्नुपर्ने ।
२.नेपाल भरी कम्तीमा हप्ताको एक दिन शनिवार पेट्रोलियम पदार्थबाट चल्ने सरकारी सावारी साधन (अत्या आवश्यक सावारी साधान बाहेक ) हरु बन्दगर्ने।
३.रुख बिरुवाहरु बढी मात्रामा रोप्न प्रोत्साहित गर्नुपर्ने ।
४.विकास निर्माण बाटो बनाउँदाधुलो न उडने पानी हल्ने व्यवस्था गर्नुपर्ने ।
५.वातावरण सरंक्षण सम्वर्धनको जनचेतनाको कार्यक्रम गर्नुपर्ने ।
६.उद्योग कलकार खानाबाट निस्कने धुवाधुलो मापदण्ड अनुसारको उचित ब्यबस्थापन गर्नु पर्ने ।
बाँके जिल्लामा समेत वायु प्रर्दुषण बढी भएकाले सम्वन्धित निकायको ध्यान केन्द्रीत हुनुपर्ने अभियन्ता विश्वजित तिवारीको जोड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *