Monday, April 20सत्यम खबर
Shadow

चुच्चे नक्सा चीनले किन मानेन ? : बालेन

काठमाण्डौ, १७ भाद्र – एमाले अध्यक्ष केपी शर्माओली नेतृत्वकाे सरकारले नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालमा समेटेर नयाँ चुच्चे नक्हशा जारी गरेका थिए । ती भुभाग भारतमा पारेर चीनले नयां नक्सा निकालेपछि अहिले देशैभरि विराेध शुरु भएकाे छ ।

चीनले नेपाली भुभाग भारतमा देखाएकाे भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि हुने तय भएको उनको चीन भ्रमण वहिस्कार गरेका छन् ।
नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम भन्दै चीनको निमन्त्रणामा हुंदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको बालेननले बताएका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले लेखेका छन् –
‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं ।
केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।
नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ ।
त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’
नेपालकाे चुच्चे नक्शालाई नमानेर विवाद बढाउन जारी गरेकाे नक्शाले चीनकाे नियतिमा शंका उत्पन्न गरेकाे छ भने राष्ट्र प्रमुख र राष्ट्रिय दलका नेताद्वारा कुनै प्रतिक्रिया नआएकाेप्रति समाजिक संजालमा रिस पाेखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *