Tuesday, April 21सत्यम खबर
Shadow

दमकल मोटरसाईकल सेवा शुरु

नेपालगन्ज, १६ भाद्र – नेपालगन्जमा आजदेखि दमकल मोटरसाइकल सेवा सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले काठमाण्डौ उपत्यका बाहिर पहिलो पटक दमकल मोटरसाइकल सेवा सुरु गरेको हो ।
दमकल मोटरसाइकल सेवाको नगर प्रमुख प्रशान्त विष्टले आज एक कार्यक्रमका बीच शुभारम्भ गर्नु भएको हो । सेवा शुभारम्भ गर्दै नगर प्रमुख विष्टले आगलागीको जोखिममा रहेको नेपालगन्जमा दमकल मोटरसाइकल सेवा सुरु भएपछि साँघुरा गल्लीकाकारण दमकल तत्काल पुग्न नसक्ने अवस्थामा यो सेवा निकै लाभदायी हुने विश्वास व्यक्त गर्नुभयो ।


काठमाण्डौ महानगरपालिकाका पूर्व बारुणयन्त्र इन्चार्ज एवम् बरिष्ठ अग्नि नियन्त्रक किशोरकुमार भट्टराईले दमकल मोटरसाइकल सेवा निकै प्रभावकारी रहेको बताउनु भयो । यो सेवा सुरु भएपछि अब बारुण यन्त्र जान नसक्ने क्षेत्रमा तत्कालै आगलागी नियन्त्रण गर्न सहयोग पुग्ने आपतकालीन कार्य सञ्चालन केन्द्रकमा सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *