
नेपालगन्ज, १६ भाद्र – नेपालगन्जको सामुदायिक पुस्तकालय महेन्द्र पुस्तकालयको ७८ औं वार्षिकोत्सव तथा १८ आंै साधारण सभा, १६ औं राष्ट्रिय पुस्तकालय दिवस, माधुरी–बद्रीबिक्रम स्मृति ब्याख्यानमाला शुक्रवार सम्पन्न भएको छ ।
महेन्द्र पुस्तकालय नेपालगन्जका अध्यक्ष बलाराम यादवको अध्यक्षतामा, प्रमुख आतिथि नेपाली भाषाका बिद्वान प्रा.डा.गोबिन्दराज भट्टाराईले पानसमा बत्ती प्रज्वलन गरी, सरस्वती माताको तस्बीरमा र माधुरी–बद्री बिक्रमको तस्बीरमा पुष्पमाल्र्याण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
प्रमुख अतिथि प्रा.डा.गोबिन्दराज भट्टाराईले माधुरी–बद्रीबिक्रम स्मृति ब्याख्यानमालाको पहिलो श्रृखंलामा सामाजिक सद्भाव स्थापनामा, साहित्यको भूमिका विषयमा व्याख्यान प्रस्तुत गर्नु भएको थियो । साथै महेन्द्र पुस्तकालयको तेस्रो अंक प्रकाशित मुखपत्र वाङ्मय जगतको बिमोचन गर्नुभएको थियो ।

प्रमुख अतिथि प्रा.डा.भट्टाराईलाई २५ हजार नगद राशी सहति माधुरी–बद्री बिक्रम समृति सम्मान महेद्र पुस्तकालयका अध्यक्ष बलराम यादव, बिशिष्टि अतिथि, अतिथि लगायतले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
वरिष्ठ कथाकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनतकुमार रेग्मीले माधुरी–बद्रीबिक्रम स्मृति ब्याख्यानमालाको औचित्यको बारेमा प्रकाश पार्नु भएको थियो ।
महेन्द्र पुस्तकालयका सचिव मणिदेव अर्यालले ०७९÷०८०को अथार्थ प्रगति प्रतिवेदन तथा ०८०÷०८१ को प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
महेन्द्र पुस्तकालयका कोषाध्यक्ष अजयकुमार टण्डनको पारिवारिक शोक परेकोले आर्थिक प्रतिवेदन मीना ढकालले प्रस्तुत गर्नु भएको थियो ।

लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादवले शुभकामना मन्तव्य दिंदै गाउँगाउँमा शिक्षा र साहित्य प्रति चेतना गराउनु पर्छ, महेन्द्र पुस्तकालयलाई २ महिनाको तलव र मन्त्रालयबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले भन्नुभयो म पनि प्राथमिक बिद्यालयको शिक्षक भएर आज लुम्बिनी प्रदेशको कृषि मन्त्री भएको छु र जनताको सेवा गर्ने छु । डुडुवागाउँपालिकाको वार्ड नं.–३ को वडाक्ष्यक्ष हुदाँखेरी मैले वडाका गरीब जनताको छोरीको विवाहमा पनि सहयोग गर्दै आएको थिए भन्नु भएको थियो ।
प्रमुख अतिथि प्रा.डा.गोबिन्दराज भट्टाराई, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य शशीराम कार्की, माधुरी–बद्रीबिक्रम थापा स्मृति सेवा गुठीका कोषाध्यक्ष किरण थापा, सडक डिभिजन कार्यालय बाँकेका प्रमुख गिरीराज पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा गत आर्थिक वर्ष २०७९/०८० मा महेन्द्र पुस्तकालयले ३० लाख २४ हजार बढीको आर्थिक जोहो गरी कामहरु समपन्न गरेको जनाइएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा ३७ लाख ६६ हजार बढीको बजेट तय गरेको छ । पुस्तकालयमा सचिव मणिदेव अर्याल र बीरेन्द्र जैसी (बीपी अस्तु) ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
सो कार्यक्रममा पुस्तकालयका उपाध्यक्ष पंकज कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । पुस्तकालयलाई सहयोग गर्नेदाताहरुलाई सम्मान गरिएको थियो । समाजसेवी केशवराम वर्मालाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी नभएकालाई सम्मान पत्र पछि प्रदान गर्ने गरी नाम घोषण गरिएको थियो । पूर्व मन्त्री मोहम्मद इश्तियाक राई, नेपालगन्ज उप–महानगरपालिका, कोहलपुर नगरपालिका, खजुरागाउँपालिका, गारखा युनाइटेट माध्यमिक बिद्यालय, डुडुवा गाउँपालिका, पुस्तकालयका पूर्वअध्यक्ष सच्चिदानन्द चौवे लगायत रहेका छन् ।

यसरी कार्यक्रममा प्रा. डा. जनार्दन आचार्य, शिक्षावद् किरण आचार्य, अजीतकुमार शर्मा, पूर्व मेयर बिजयकुमार गुप्ता, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जान, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, मधुसुदन शर्मा, जिल्ला हुलाक कार्यलयका प्रमुख गोबिन्दप्रसाद पाण्डे, जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमा पन्त, जिल्ला शिक्षा समन्वय ईकाई समितिका प्रमुख उद्धव श्रेष्ठ, कल्पना पौडेल जिज्ञासु, पुष्पमणि प्रधान, ज्याति बाल्मिकी, ज्ञानोदय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चरित्रा शाह, वरिष्ठ साहित्यकार खगेन्द्र गिरि कोपिला, अधिवक्ता भीमबहादुर शाही, मधई सिंह सिख सरदार, तारा रोकाया, गुरुदीन यादव, अवधी पत्रकार संघका संस्थापक अध्यक्ष सूर्यलाल यादव, बिष्णुप्रसाद सुवेदी, माधव कार्की, तोजिन्द्र बिक, आनन्दबहादुर कर्माचार्य, रामचन्द्र आचार्य, समाजसेवी केशवराम वर्मा, शोभा गुरुङ, सुनिल भण्डारी, जगदीश ढकाल, रामचन्द्र पण्डित, ऋचा लुइटेल, मीना ढकाल, चन्द्रावती अधिकारी लगायतको सहभागित रहेको थियो ।
