Thursday, May 7सत्यम खबर
Shadow

चीनले जारी गर्‍यो नयाँ नक्सा

काठमाण्डौ, १२ भाद्र – चीनले सन् २०२३ का लागि आफ्नो देशको आधिकारिक नक्सा सार्वजनिक गरेको छ।

चाइना डेलीका अनुसार सोमबार चीनको प्राकृतिक स्रोत मन्त्रालयले झेजियाङ प्रान्तको देकिङ काउन्टीमा आयजित एक कार्यक्रममा नक्सा सार्वजनिक गरेको हो।

सीमाबारे जनचेतना अभिवृद्धि गर्ने सप्ताह र सर्भेइङ एन्ड म्यापिङ पब्लिसिटी डेका अवसरमा नयाँ नक्सा जारी गरिएको हो।

भारतीय सञ्चारमाध्यमहरूले चीनको नयाँ नक्सामा अरूणाचल प्रदेश र अक्साई चीनलगायत भूमि पनि समेटिएको बताएका छन्।

द हिन्दुका अनुसार चीनको नयाँ नक्सामा अरूणाचल प्रदेश पुरै र अक्साई चीनको क्षेत्र समेटिएको छ।

ती दुई क्षेत्रबारे भारत र चीनबीच विवाद छ। चीनले यसअघि पनि ती ठाउँलाई आफ्नै नक्सामा राख्ने गरेको थियो।

केही समयअघि चीनले अरूणाचलका ११ ठाउँको नाम परिवर्तन गरेको थियो।

भारत र चीनबीच लद्दाखदेखि अरूणाचलसम्म सीमा विवाद छ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *