Sunday, April 26सत्यम खबर
Shadow

लैगिक हिंसा सम्बन्धी कानुन र कानुनी प्रावधान बारे अभिमुखीकरण सम्पन्न

नेपालगन्ज, १९ असोज – युकेएडको आर्थिक सहयोग भिएसओ र ईन्टरनेशनल एलर्टको साझेदारीमा माहुरी होमद्वारा बाँके जिल्ला सञ्चालित सहज परियोजना अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नं.१ का स्थानीय नागरिकहरुलाई १ दिने वडा स्तरीय लैगिक हिंसा सम्बन्धि कानुन र कानुनी प्रावधान बारे अभिमुखीकरण सम्पन्न भएको छ ।


सो अभिमुखीकरणको सहजीकरण नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाका महिला विकास अधिकृत मन्जु पाण्डे गर्नु भएको थियो । तालिममा लैगिक हिंसा भनेको के हो ? हिंसाका प्रकारहरु र लैगिक हिंसा न्युनीकरणका लागि बनेको कानुनी प्रावधान बारे प्रशिक्षण गरिएको थियो ।
सो अभिमुखीकरणमा नेपालगन्ज उपमहानगरपालिका वडा नं.१ का किशोरी क्लबका पदाधिकारी, बाल क्लबका पदाधिकारी, युवा क्लबका सदस्य, निगरानी समुहका सदस्यहरु, शिक्षक, मेलमिलापकर्ताहरु र आमा समुहका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


सो अभिमुखीकरण बैजनाथ गाउँपालिकामा सम्पन्न भईसकेको र अब नेपालगन्ज उपमहानगरपालिको वडा नं.२३ मा आयोजना गरिने माहुरी होम सहज परियोजनाका कार्यक्रम अधिकृत सुनिता पोखरेलले जानकारी दिईन् ।
सो अभिमुखीकरणमा सहभागी मेलमिलापकर्ता बिरेन्द्रमान श्रेष्ठ र अर्का सहभागी किशोरी क्लबका देब्यानी अधिकारीले तालिम ज्यादै नै महत्वपुर्ण रहेको बताए । सो अभिमुखीकरणमा माहुरी होमका सामाजिक परिचालक सरु हमाल, ईन्टरनेशनल एलर्टका सिनियर प्रोगाम अफिसर शोभा चौधरीको पनि सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *