Thursday, May 7सत्यम खबर
Shadow

नगर कमिटीको पूर्ण बैठक कृष्णनगरमा सम्पन्न

कपिलवस्तु, ७ भाद्र – कपिलवस्तु जिल्लाको कृष्णनगरको मुस्लिम कमिटी हालमा जनतासँग माओबादी विशेष रूपान्तरण अभियान अन्तर्गत आज नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको पूर्ण बैठक बसेको छ।
नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खाँको अध्यक्षता, प्रमुख अतिथिमा पूर्व मन्त्री तथा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला इन्चार्ज (स्थायी कमिटी सदस्य) महेश्वर गहतराज अथक, विशिष्ट अतिथिमा पुर्व मन्त्री तथा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य वकिल मुसलमान, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका कोषाध्यक्ष निर्दोष अली, कपिलवस्तु जिल्ला संयोजक (विष्णु बेल्वासे) अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खाँ नेपाली, नेकपा माओबादी केन्द्रका जिल्ला समान्वय समिति सदस्य तोफेल अहमद खाँ रहेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व मन्त्री महेश्वरले आदिवासी, जनजाति, महिला, मधेसी, मुस्लिम, पछडिएका, लोपोन्मुखको हक अधिकार दिलाउनमा माओबादी केन्द्रको महत्वपूर्ण भूमिका रहेको तथा पार्टीका सदस्य तथा समर्थक हरूलाई देश विकास र जनताको हकहीतको आवाज उठाई आवश्यकता अनुसार सहयोग गर्न समेत निर्देशन दिए।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि वकिल मुसलमानले कृष्णनगर क्षेत्र कपिलवस्तुको प्रमुख व्यापारिक नाका रहेकाले यसलाई सबै मिलेर विकासको अग्रपंतीमा लैजानुपर्ने बताए।
स्वागत मनतव्य राख्दै उपाध्यक्ष मौलाना मशहूदले घरघरमा माओबादी केन्द्र पुगेर जनताको राय सुझाव सल्लाह अनुसार अगाडि बढ्ने तथा सम्मानीय पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्ड आएदेखि देश र जनताको अवस्था परिवर्तन हुँदै गएको तथा भ्रष्टाचार नियन्त्रण हुँदै गएको बताए।
कार्यक्रममा नगर कमिटीका पदाधिकारी, पार्टी समर्थक, पार्टी सदस्य लगायतको सहभागिता रहेको थियो। नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी सचिव गणेशप्रसाद बन्जाडेले कार्यक्रम सञ्चालन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *