Tuesday, March 31सत्यम खबर
Shadow

बर्फानी बाबाद्वारा १३ जना आक्रमणकारी विरुद्ध किटानी जहिरी दर्ता

नेपालगन्ज, १९ असोज – बाँकेको नरैनापुर गाउँपालिका–४ उत्तमपुरको पहाडको चुचुरोमा रहेको वर्ष ८८ का केशव गिरी बाबा बर्फानीको मन्दिर र गौशालामा ०७७ भाद्र ३० गतेको दिन राती करीब ११ः३० बजेको समयमा अल्पसंख्यक समुदायका दर्जनौं व्यक्तिले बर्फानी बाबालाई ज्यानले नै मारी दिने उद्देश्यले सांघातिक आक्रमण गरेका थिए । आक्रमणबाट बर्फानी बाबाको टाउकोमा गहिरो चोट पटक लागेको थियो, उपचार गर्ने क्रममा बाबाको टाउकोमा करीब १७ वटा टाँका लगाइएको थियो । अहिले आफूमाथि अल्पसंख्यक वर्गका दर्जनौं व्यक्तिले आक्रमण गरी ज्यानले नै मारी दिने प्रयास गरेको भन्दै बर्फानी बाबा श्री १००८ केशव गिरी महाराजले प्रहरीमा किटानी उजुरी दर्ता गराएका छन् ।


जाहेरी पत्रमा उल्लेख छ कि, प्रहरी चौकी कार्यालय भगवानपुर, बाँकेमा २०७७ असोज ४ मा घटना अनुसन्धान गरी पाउँ भनी निवेदन दिएको हाल पत्ता लगाउँदा निज अन्यायीहरुले नै म जाहेरवालालाई ज्यान मार्ने नियतले उक्त घटना गराएको हुँदा यसरी निज अन्यायीहरुले मिलेमतो गरी म जाहेरवालालाई ज्यानले नै मार्ने किसिमले निर्घात कुटपीट गरी अचेत बनाई फाली दिएको हुँदा निज अन्यायी विपक्षीहरुलाई पक्राउ गरी कानून बमोजिम ज्यानै मार्ने उद्योग अन्तर्गतको कसुर अपराध समेत गरेको हुँदा विपक्षीहरुले मुलुकी अपराध संहिता २०७४ को दफा १८३ (१) को कसुर अपराध गरेको हुँदा ऐ.को दफा (२) बमोजिम हदैसम्म कैद र जरीबाना गरी हामी जाहेरवालाहरुलाई लागेको चोट पटकको घाउ जाँच केश फाराम गराई औषधि उपचार खर्चको साथै क्षतिपूर्ति समेत दिलाई भराई पाआँै उल्लेख छ ।


अपराधसँग सम्बन्धित सबुद प्रमाणबारे उल्लेख छ, गाउँ सर्जमिन मुचुल्का गरी पाउँ, त्यस्तै इलाका प्रहरी कार्यालय भगवानपुरमा दिएको निवेदनको प्रतिलिपि संलग्न गरी किटानी उजुरी जिल्ला प्रहरी कार्यालय बाँकेमा दरखास्त बुझाइएको छ । उक्त जाहेरी दरखास्तमा बाबा बर्फानीलाई ज्यानले मार्ने कसुर गरेका व्यक्तिको नाम, थर, ठेगाना उल्लेख छ जसमा जिल्ला बाँके नरैनापुर गाउँपालिका वडा नं. ३ बालापुर गाउँ बस्ने ४५ वर्षीय आलम सरकार तेली, वडा नं. ३ का बालापुर गाउँ बस्ने वर्ष ३५ का सहवान खाँ, गेगली गाउँ बस्ने वर्ष ४० का मुबारक खाँ, वर्ष २५ का रहिस खाँ, वर्ष २४ का पप्पु खाँ, वर्ष २२ का निजाम खाँ, वर्ष २४ का मिस्त्रिया खाँ, वर्ष ३५ का बाबु खाँ, बालापुर गाउँ बस्ने वर्ष ४५ का मकबुल खाँ, वर्ष २६ का मोहम्मद शमी खाँ, गेगली गाउँ बस्ने वर्ष ४५ का अकबर अली, वर्ष ४५ का गोडे अहिर, बालापुर गाउँ बस्ने वर्ष २१ का छोटकउ खाँ, दरखास्त पत्रमा मुबारक खाँ, अक्का खाँ, मकबूल खाँ र सलारु खाँको आमाको नाम थाह नभएको उल्लेख छ ।


मिति २०७७ भाद्र ३० गते राती ११ः३० बजेको समय बाबा बर्फानी आश्रमका संरक्षक र मठाधीश केशव गिरी मन्दिरमा पुजाअर्चना गरेपछि सुत्न जाँदै थिए कि त्यसै समय अल्पसंख्यक समुदायका दर्जनौं व्यक्ति धारिलो हतियार, खुडा, लठ्ठी लगायतबाट मन्दिरमा आक्रमण गर्दै बाबालाई ज्यानले नै मार्ने प्रयास गरेका थिए । उनी आक्रमणकारी यतिमा नै रोकिएनन् बाबालाई समाती मुख थुनी आश्रमबाट केही पर लगी भुइँमा पछारी उनको टाउकोमा धारिलो हतियारले प्रहार गरेका थिए । बाबा बर्फानीले आफ्नो माथि आक्रमण गर्ने व्यक्ति विरुद्ध ज्यानै मार्ने उद्योग मुद्दा चलाउने तयारीमा रहेको र सोही अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जहिरी दर्ता गरेका छन् ।
यस बारे बर्फानी बाबाले जानकारी गराउँदै भने, मेरो आश्रममा करीब साढे १२ सय जति गौमाताको पालन भई रहेको थियो गौमातालाई जंगलमा चराउन लैजान ४ जना व्यक्तिलाई पहाडबाट ल्याएको थिएँ । अहिले आश्रममा मात्र करीब डेढ सय जति गौमाता बचेका छन् । अल्पसंख्यक वर्गले विभिन्न समयमा चोरेर लैजाँदा गौमाताको संख्या घटेको हो बताउँदै उनले अहिले पहाडबाट ल्याइएका चारै जना गौमाता चराउन लैजाने व्यक्ति बेपत्ता छन् । उनीलाई मारेर फालियो, कि बेपत्ता पारियो यसबारे मलाई पनि केही जानकारी छैन् । सम्बन्धित निकायले मेरो गौमाता चराउने व्यक्तिको खोजी गर्दै गौमाताको संरक्षण सम्वद्र्धन गरी दिनोस् भनि गुहार मागेका छन् ।
नरैनापुरमा अल्पसंख्यक वर्गको ज्यादती एकदमै बढेको छ यसबाट त्यहाँ बसोबास गरी रहेका बहुसंख्यक वर्गका व्यक्ति घरवार छाडी अन्यत्र स्थानमा पलायन गरेको देखिन्छ । बाबा बर्फानीको आश्रममा कर्बला मैदान स्थापना गर्न बाबा बर्फानीलाई त्यहाँबाट धपाउन खोजिएको बुझिएको छ । कर्बला मैदान स्थापनाको विवाद पुरानो हो बाबा बर्फानीले कर्बला स्थानको विरोध गर्दा पहिले गाईलाई चोरेर लैजाने र अहिले बाबालाई ज्यानले नै मार्ने घटना घटित भएको कुरा बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *