
नेपालगन्ज, ३१ श्रावण – भाद्र २ गते सम्पन्न हुन गई रहेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा दुई वटा प्यानल व्यापारी माझ आ–आफ्नो प्यानललाई मतदान गर्न पुगिरहेका छन् ।
विगतदेखि नै नेपालगन्जमा सम्पन्न हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन अन्य राजनीतिक निर्वाचन भन्दा कम अंकलन हुने गर्दैन्थ्यो तर यस पटकको महोल नै अर्कै देखिएको छ । यसपटक त व्यापारी भन्दा राजनीतिक दलका नेताहरुलाई नै चुनाव उम्मेदवारी दिएको अवस्था अभाष आम सर्वसाधारण व्यापारी वर्गहरुलाई भईरहेको व्यापारीहरु कै भनाईरहेको पाईन्छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूह आफ्नो प्रचार प्रसारलाई तिब्रता दिंदै व्यापारीहरुको हकहितमा रही भएका समस्या समाधान गर्ने तथा आउने दिनमा भन्सारबाट व्यापारीहरुले भोग्दै आईरहेका यावत समस्यालाई सम्बोधन हुन पहलको थालनी गर्ने बताउँदै आईरहेका छन् ।
नेपालगन्ज नगरभित्र व्यापारीहरुको चाप धेरै भएतापनि यस पटक जानकी गाउँपालिका, बैद्यनाथ गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, डुडुवा गाउँपालिका, खजुरा गाउँपालिका लगायत जिल्ला कै व्यापारीहरुलाई समेट्ने गरी करीब ५ हजार जनाको व्यापारलाई वाणिज्य संघमा दर्ता गराईएको छ ।
यसैगरी अध्यक्ष पदकै उम्मेदवार टंकबहादुर धामी नेतृत्वमा रहेको समावेशी प्यानलले समेत आफ्नो प्रचार प्रसारलाई तिब्रता दिईरहेको छ । हाल नेपालगन्ज उपमहानगरपालिका भित्र आफ्नो प्रचार प्रसारमा रहेको समावेशी प्यानलका अध्यक्ष धामीले आफू लगायत आफ्नो टिमलाई व्यापारीहरुले विजयी गराएको अवस्थामा बैंक सम्बन्धी समस्या, ऋण सम्बन्धी समस्या, भन्सार समस्या लगायतका समस्याहरुलाई समाधान हुने गरी व्यापारीहरुको हकहितमा रही कार्य गर्ने प्रतिबद्धता दोहो¥याउँदै आईरहेका छन् ।
यस पटक नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन सञ्चारमैत्री नभएको आरोपहरु पनि नलागेको होइन । व्यापारीहरुको हकहितमा केन्द्रित रही कार्य गर्ने प्रतिबद्धता दुबै खेमाबाट आईरहेको अवस्था रहेको छ भने अर्कोतर्फ समस्या समाधान गर्ने चुनौती पनि रहेको छ । त्यसमाथि कोरोना काल पछि आर्थिक अवस्था जर्जर रहेको बेला उम्मेदवारहरुले डटरको रुपमा आफ्नो प्रचार प्रसारलाई तिब्रता दिएको हुँदा सञ्चारमैत्री नभएको आरोप लागिरहेको पाईन्छ ।
नेपाल पत्रकार महासंघ बाँके सचिव कमल डाँगीले आफ्नो सार्वजनिक सञ्जालको प्रयोग गर्दै ‘‘अरु बेला व्यवसायीका नेता नेपाली ग्राहक सीमापारी जाँदा स्वदेशी व्यवसाय चौपट भयो भनेर थाक्दैनन् । कतिका घोषणापत्रमा त त्यसलाई रोक्ने विषय पनि समेटिएका होलान तर चुनावका बेला आफ्नो प्रचारमा भने डलर खर्चिदै बिदेशमा पैसा पठाईरहेका छन् ।’’ भनी उल्लेख गरेका छन् ।
यसबारे वर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाको प्रक्रिया भिन्न रहेको पाईन्छ । उनले वाणिज्य संघको प्रचार प्रसार विगत झै गर्नुपर्ने थियो तर हाल त्यसो नगरेको हुँदा समयमा सुधार गर्नुपर्ने बताउँदै भाद्र २ गते सम्पन्न हुन गईरहेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा सम्पूर्ण व्यवसायी मतदाताहरुले आ–आफ्नो परिचयपत्र अनिवार्य लिएर बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म रंगशाला स्थित मतदान केन्द्रमा पुगी मतदान गर्नु अनुरोध गरेका छन् ।
यता उपमहानगर भित्र रहेका व्यापारीहरुको प्रतिक्रिया समेत भिन्न भिन्न रहेको पाईन्छ । कसैले समावेशी प्यानलले जित हासिल गर्ने ठोकुवा गरेका छन् भने कसैले साझा समूहले यस पटक विजयी हुने बताउँदै आईरहेका छन् । तर वास्तविकता भाद्र २ गते पछि नै सबै सामु आउने निश्चित रहेको छ । हेरौ भाद्र २ गते कसको मेहनतले रंग ल्याउने छ ।
