
नेपालगन्ज, २४ श्रावण – समावेशी प्यानलबाट उपमहासचिव पदका उम्मेदवार मदनराज शर्मालाई आम उद्योगी व्यवसायीहरुले सहयोग गर्ने बचनबद्धता दिएका छन् ।
व्यापारी अमनका अनुसार युवा जोश र जाँगर भएका कम्प्यूटर व्यवसायी शर्मा व्यापार संघमा पुगेपछि युवाहरुको लागि केही गर्ने आश रहेको हुँदा यसपटकको मेरो भोट मदनराज शर्मालाई दिने बताएका छन् ।
यसैगरी घरवारी टोलमा रहेका मुद्रण व्यवसायीहरुले समेत यसपटक शर्मालाई अवसर दिईने बताउँदै अन्य आफ्ना साथीहरुलाई समेत शर्मालाई नै भोट दिनुहोला भनी अनुरोध गर्ने बताउँछन् ।
समावेशी प्यानलले मंगलबार सार्वजनिक गरेको प्रतिबद्धता बारे आफ्नो भनाई राख्दै व्यापारी उमेश गुप्ताले भने– ‘सम्पूर्ण व्यापारीहरुको हकहितलाई ध्यानमा राखी प्रतिबद्धता सार्वजनिक गरिएको छ । आम उद्योगी व्यवसायीहरुलाई आउने समयमा हुने समस्याहरु समाधान हुन सक्ने भएको हुँदा यस पटक शर्मा लगायत उनको समावेशी प्यानललाई आम व्यापारीहरुले भोट गर्ने बताउँछन् ।
यसैगरी सार्वजनिक प्रतिबद्धता पत्रमा समाटिएको बैंक, कर प्रणाली, ब्याज दर लगायत विषय कुनै नौलो होइन तर हालसम्म संघमा पदासिन व्यक्तिहरुले केही नगरेको हुँदा अब आउने समावेशी प्यानलले केही गर्न सक्छ की भन्ने झिनो आशा पलाएको छ ।
आम सानो व्यापारीहरुले भन्सारसँग सम्बन्धी समस्या समेत भोग्दै आईरहेको हुँदा समावेशी प्यानलले विजय भएपछि यसतर्फ सार्वजनिक गरेको प्रतिबद्धता पत्र अनुसार नै काम गर्नु पर्छ जसले गर्दा ठगिएका नेपाली उपभोग्ताहरुलाई समेत राहत हुने थियो ।
