Saturday, April 18सत्यम खबर
Shadow

वडा नं. ११ द्वारा शोक प्रस्ताव पारित

नेपालगन्ज, २१ श्रावण – नेपालगन्जको त्रिभुवन चोक सदरलाईन स्थित एस कुमार बाच पसल सञ्चालन गर्दै आउनु भएको सन्तोषकुमार गुप्ता र हरि ओम मेडिकल सञ्चालन गर्दै आउनु भएका वैभव गुप्ता परिवार चढेको महेन्द्रा जिप शनिवार साँझ भारत श्रावस्ती जिल्लाको बौद्ध परिपथ क्षेत्रमा सडक दुर्घटनामा ६ जनाको मृत्यु भएकोप्रति नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ ले शोक प्रस्ताव पारित गरेको छ ।
आज आईतबार का.वा. अध्यक्ष सविता बाल्मिकी, सदस्य राजेशकुमार वैश्य, जितेन्द्रकुमार गुप्ता, कुमारी पुनम लखेर तथा वडा सचिव केदारप्रसाद अधिकारको उपस्थितिमा शोक प्रस्ताव पारित गरिएको छ ।
शोक प्रस्तावमा ‘यस नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ त्रिभुवन चोकमा एस कुमार वाच पसल र सुर्खेत रोडमा एलाईस सर्जिकल नामले व्यवसाय सञ्चालन गरिरहनु भएका मिलनसार तथा प्रतिष्ठित व्यक्तित्वहरु श्री सन्तोषकुमार वैश्य र श्री दिनेशकुमार वैश्य ज्यूको परिवारका ६ जनाको मिति २०८०÷४÷२० गते शनिबार भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परि दुःखद निधन भएकोमा हाम्रो वडा कार्यालय परिवार स्तब्ध भएको छ । यस दुःखद घडिमा मृत आत्माहरुको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन एवं आफ्न्तजनप्रति वडा कार्यालय परिवार हार्दिक समवेदनासहित यो शोक प्रस्ताव पारित गर्दछौं ।’ भनी उल्लेख गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ का कावा अध्यक्ष सविता बाल्मिकीका अनुसार आज ‘नेपालगन्जको कालो दिन’ शोकको घडि भएको हुँदा हामीले शोक प्रस्ताव पारित गरी दिउँसो २ बजेसम्म मात्र सेवाग्राहीहरुलाई सेवा दिएर वडा कार्यालय बन्द गरि भोलि नियमित समयमा सञ्चालन गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *