
नेपालगन्ज, २१ श्रावण – नेपालगन्जको त्रिभुवन चोक सदरलाईन स्थित एस कुमार बाच पसल सञ्चालन गर्दै आउनु भएको सन्तोषकुमार गुप्ता र हरि ओम मेडिकल सञ्चालन गर्दै आउनु भएका वैभव गुप्ता परिवार चढेको महेन्द्रा जिप शनिवार साँझ भारत श्रावस्ती जिल्लाको बौद्ध परिपथ क्षेत्रमा सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको भारतिय प्रहरीलाई उदृत गर्दै बाँके प्रहरीले जनाएको छ ।
शनिबार साँझ ६:३० बजे UP 47W 1217 नम्बरको महेन्द्रा मरोज जिप दुर्घटनामा त्रिभुवन चौकमा लामो समयदेखि ब्यापार ब्यवसाय गर्दै आउनु भएका २ व्यापारी घरानाका परिवारका सदस्य सडक दुर्घटनामा ६ जनाको मृत्यु भएपछी नेपालगन्जको त्रिभुवन चौकमा शनिवार राति देखिनै आफ्न्त तथा शुभचिन्तकहरुको भिड लागेको छ ।
उक्त दुर्घटनामा एस कुमार वाचका सञ्चालक सन्तोषकुमार गुप्ताका छोरा वर्ष ३६ का निलांश गुप्ता र २० बर्षिय छोरी नीति गुप्ताको मृत्यु भएको छ ।
त्यसैगरी हरि ओम मेडिकलका ३६ बर्षिय वैभव गुप्ता निजको श्रीमती ३५ बर्षिय दीपीका गुप्ता, १.५ वर्ष र ३ वर्षका २ जना बच्चीहरुको मृत्यु भएको भारतिय प्रहरीले नेपाल प्रहरीलाई जानकारी दिएको नेपाल -भारत सिमा क्षेत्र नजिक रहेको इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका इन्चार्ज दामु पुन मगरले जानकारी गराउनु भएको छ ।
सो घटनामा गाडी चालक नानपारा बंसहरी थाना क्षेत्रका ओम प्रकाश मिश्राका २५ बर्षिय छोरा अजय मिश्रा गम्भिर घाईते भएको भारतिय प्रहरीले जनाएको छ ।
