
नेपालगन्ज, १ श्रावण – चीनले नेपालमाथि गरिएका कैयन गैर वैधानिक गतिविधिहरु नेपाली जनताको निम्ति अनभिज्ञताको विषय बन्नु कुनै नौलो विषय होइन ।
यसमा नेपालको मूलधारमा रहेको संचार क्षेत्रदेखि नोकर शाहहरुको सोझो भूमिका रहेको तथ्य पनि जगजाहेर नै छ । चीनको यस्ता गतिविधिहरुमा नेपाली नागरिकमाथि अन्याय अत्याचार गर्नु, नेपालमा गैर वैधानिक क्रियाकलाप सञ्चालनमा ल्याउनु, अनाधिकृत माध्यमद्वारा आर्थिक लेनदेन गर्नु जस्ता अनेक विषयहरु पर्दछन्, यी त भए दिनहुँ व्यवहारमा चल्ने विषयहरुमा चीनको अत्याचारी व्यवहार ।
यस अतिरिक्त नेपालको भूमि हस्ताक्षेप र अतिक्रमण गर्ने क्रममा चीनले उपल्लो स्थान कायम राखेको छ । हुम्लाको रुई गाउँका अतिरिक्त अन्य कैयन स्थानमा चीनले नेपाली भूमि अतिक्रमण गरेको छ । सरकारलाई यसको पूर्णता जानकारी रहँदा रहँदै पनि यसको विरोधमा पहल गर्न कुन शक्तिले व्यावधान सृजना गरेको छ, यो एउटा रहस्यमय प्रश्न हो । नेपाली जनमानस साधारणतः शान्तिप्रिय र “बाँच अनि बाँच्न देउ” को सिद्धान्तमा हिँड्ने समुदाय हो । नेपालीको मूलभूत जैविक प्रवृत्ति भनेको आफ्नो राष्ट्रप्रतिको वफादारिता र राष्ट्रको माया हो । आफ्नो भूभागको निम्ति प्राण सम्म अपर्ण गर्न सक्ने, यो वीर जाति चीनको अन्यायको प्रवृत्तिप्रति किन यति मौन भएर बस्न सक्छ भन्ने प्रश्न उठेको छ ।
हुम्लाका अतिरिक्त चीनले संखुवसभा जिल्ला अन्तर्गतको किमांयाका क्षेत्रमा आफ्नो संरचनाहरु निर्माण गरेको तथ्य फेला परेको छ । चीनले नेपालको भूमिमा अनाधिकृत अध्यगमन कार्यक्रम बनाएर सञ्चालनमा ल्याएको छ । अरुण नदीले छुट्टयाएको सिमाना अतिक्रमण गरी आफ्नो कार्यक्रम सञ्चालनमा ल्याउनु नेपालको सार्वभौमिकता माथि ठूलो प्रहार हो ।
स्मरणीय के छ भने यस कार्यक्रम परिपरि जुन स्वयं नेपाली भूमि उपर ठडिएको छ, त्यहाँ नेपाली नागरिकहरुको आवागमन प्रतिबन्ध गरिएको सूचना पाटी नै लगाईएको पाईन्छ । एउटा स्वतन्त्र राष्ट्रको सिमाना क्षेत्र अनाधिकृत कब्जा गरि आफ्नो संरचना खडा गर्नु एवं नेपाली नागरिकहरुमाथि आवागमनमा प्रतिबन्ध लगाउनु जस्ता दुष्साहस अत्यन्त निन्दनीय कार्य छ । सरकारले यसप्रति आफ्नो धारणा स्पष्ट गर्नु अति बाञ्छनीय ठर्हछ ।
उक्त क्षेत्रमा राखिएको सूचना पाटीमा “यसमा के पनि उल्लेख गरिएको छ भने कुनै नेपाली नागरिकले यस जंगल क्षेत्रमा आगो लगाउने कार्य गरे उसलाई दण्डनीय ठहराईने छ भन्ने जस्तो सूचना पाटी टाँस गरी प्रत्यक्ष देख्न सकिन्छ ।
