
नेपालगन्ज, २० अषाढ – वडाका जनप्रतिनिधि र वडासचिवबाटै वडाबासीहरुलाई सास्ती दिईरहेको वडाबासीहरुको भनाई रहेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष समिरप्रताप सिंहले केही समय अगाडी सम्पन्न वडा भेलामा वडाबासी माझ पानीको समस्या समाधान गर्ने तथा फुल्टेक्रा तालको पानीलाई कसरी रोक्न सकिन्छ भन्ने तर्फ पहल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
तर २ हप्ता भईसक्दा समेत फुल्टेक्रा तलाउमा रहेको पानी कसरी रोक्न सकिन्छ भन्ने तर्फ कुनै पहल गरिएको छैन । हाल फुल्टेक्रामा पानी पर्नुभन्दा अगावै ७० प्रतिशत धारा सुखेको हुँदा बजारमा तयार गरिएको जारको पानी खान बाध्य भएका थिए । तर अब केही दिन देखि वर्षायाम शुरु भएपछि कही कही धारामा पानी आउन शुरु गरेको वडाबासीहरुको भनाई छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का जनप्रतिनिधिहरुले चुनाव अगावै आफूहरुले वडा नं. ६ को मुहार नै परिवर्तन गर्ने भनी प्रतिबद्धता पत्र, ब्रोसर, मेनुफेस्टो समेत घरदैलोमा वितरण गरेका थिए । तर आफैद्वारा जनतामाझ गरिएको बाचा निर्वाचित भई आईसकेको १ वर्षभन्दा बढी समय बितिसक्दा समेत पुरा गर्न सकेका छैनन् ।
यस बारे नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडा सचिव मदनबहादुर रावतका अनुसार वडा भेलामा प्रतिबद्धता त जाहेर गरिएको थियो तर २०८०÷०८१ को बजेटबाट कार्य गर्ने भनेपछि उहाँको गैर जिम्मेवारीपूर्ण भनाईप्रति कटाक्ष गर्दै सत्यमखबरले प्रश्न गर्दै ३–४ हजारको लागि अर्को बजेटको प्रतिक्षा गर्नुपर्ने हो वडा सचिव ज्यू ? अनि उहाँले हाल वडाअध्यक्ष बाहिर भएको हुँदा भोलि आउनु हुन्छ, अध्यक्ष ज्यू आएपछि उहाँसित कुरा गरेर गर्ने नगर्ने बारे जानकारी गराउन सक्ने बताउनुभयो ।
आफूलाई विकास प्रेमी भन्न रुचाउने वडासचिव रावतले वडाका धेरै जसो सेवाग्राहीहरुलाई दुःख दिईरहेको समाचारहरु यस अगावै पनि प्रकासित नभएका होइनन तर सम्बन्धित पक्षले कानमा तेल हाली बस्दा वडाबासीहरुलाई यस्तै दुःखको सामना दैनिक गर्नुपर्ने भनाई वडामा सेवा लिन पुगेका सेवाग्राहीहरुको भनाई रहेको छ ।
शुद्ध खानेपानी जस्तो जीवनदायनी पक्षलाई समेत सम्बन्धित जनप्रतिनिधि, वडा सचिवले ध्यान दिन नसक्ने हो भने उनीहरु पदमा बस्नुको कुनै औचित्य नभएको भनाई फुल्टेक्रा ताल संरक्षण समितिको रहेको छ ।
वडाभेलामा वडा सचिवले १२ लाख बराबर ग्राभेल बजेट रहेको भनाई सार्वजनिक गरिसकेका छन् तर वडा भित्रै ग्राभेल ढुवानी गर्ने ठेकेदारहरु हुँदा हुँदै आफ्नो मान्छेलाई बिना सूचना जारी गरी वडा बाहिरका व्यक्तिलाई ठेक्का दिएको तथा उक्त ठेक्कामा कर्मचारी र जनप्रतिनिधिहरुको मिलेमतो भएको नाम नबताउने सर्तमा जानकारी गराईएको छ ।
हाल वडा भित्र कहाँ कहाँ कति ग्राभेल आवश्यकता छ ? कति ट्रिप ग्राभेल खसाईएको छ ? भन्ने बारे स्वयं वडा सदस्य जमालुदीनले जानकारी नभएको भनाई राख्दै हाल १५ ट्रिप माटो र १५ ट्रिप ग्राभेल खसालिएको केही समय अगाडी जानकारी गराएका थिए ।
वडाबासीको भनाई अनुसार उक्त १२ लाखको बजेटमा ग्राभेल खसाउनुभन्दा सोही मध्ये बाटै ८ सय मिटर पिसिसि बाटो बनाउँदा राम्रो हुने बताउँछन् । तर ग्राभेलबाट कमिशन पक्का भएको हुँदा नै यस पटकको बजेटमा सबभन्दा बढी १२ लाख ग्राभेलतर्फ बिनियोजित गरिएको आरोप लगाए ।
